२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यफोक्सोमा मृत कोषिकाहरुले गर्दा ठिक भएका संक्रमितको टेस्ट पोजेटिभ आउनसक्छ : डब्ल्यूएचओ

फोक्सोमा मृत कोषिकाहरुले गर्दा ठिक भएका संक्रमितको टेस्ट पोजेटिभ आउनसक्छ : डब्ल्यूएचओ


विश्व स्वास्थ्य संगठनले कोभिड -१९ संक्रमणलाई लिएर एक महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ । कोरोना संक्रमणबाट ठिक भएका विरामीलाई पुन: परीक्षण पोजेटिभ आउनुको कारण मृत कोषिका हुन् सक्ने संगठनको अनुमान छ ।

गएको अप्रिलमा दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले  त्यहाँका सय भन्दा बढी ठिक भएका संक्रमित पुन: टेस्ट पोजेटिभ पाइएको जनाएको थियो। त्यसपछि चीनमा त्यस्तै केहि केस आएको थियो र कोरोनाको दोश्रो लहर देखिएको भनिएको थियो।

दोहोराएर पोजेटिभ आउने चरण 

डब्ल्यूएचओका प्रवक्ताले समाचार एजेन्सीलाई भने – ‘हामीले केहि विरामी क्लिनिक्ली ठिक भएपछि पनि टेस्ट पोजेटिभ आएको पत्ता लगायौं । ताजा तथ्यांक र जानकारीको आधारमा हामी भन्न सक्छौ कि यसको कारण ‘री-इन्फेक्शन’ नभएर विरामीको फोक्सोबाट निक्लिएका मरेका कोषिका हुन् जुन संक्रमणको शिकार बनेका थिए । हाम्रो हिसाबमा यो कोरोना विरामीको रिकभरी फेज हो जसमा शरीर आफै आफ्नो सफाई सुरु गर्न थाल्छ  र यसलाई संक्रमण भन्नु उचित हुँदैन।’

‘मृत कोषिका फोक्सोको टुक्रा हो’ 

विश्व स्वास्थ्य संगठनले हेल्थ इमर्जेंसी प्रोग्रामका भाग र संक्रामक रोग महामारी वैज्ञानिक मारिया वाण कोहेभले मृत कोषिकाको केस बारेमा स्पष्ट पार्दै भनिन्, ‘फोक्सो स्वयम ठिक हुनको लागि मरेको कोषिका बाहिर निक्लने गर्छ। खासमा यो फोक्सो कै सूक्ष्म अंश हो जुन नाक वा मुख हुँदै बाहिर निक्लने गर्छ ।  यो मृत कोषिका संक्रामक भाइरस होइन । खासमा यो उपचार प्रक्रियाको भाग हो । तर यसको कारण विरामीलाई इम्यूनिटी मिल्यो वा मिलेन? यसको जवाफ अहिले हामीसँग छैन ।

रिसर्चमा आएको निस्कर्ष अनुसार कोभिड-१९बाट संक्रमित विरामीहरुमा एक हफ्ता पछि एन्टीबडिज बनाउन सुरु हुन् थाल्छ । जसकारण संक्रमणको लक्षण कम हुन् लाग्छ। तर विशेषज्ञले भने अनुसार अहिले पनि स्पष्ट छैन कि शरीरमा भाइरसको नयाँ हमला झेल्नको लागि पर्याप्त मात्रामा इम्यूनिटी पाउने गर्छ । एकपटक प्राप्त इम्यूनिटी कति दिनसम्म टिक्छ हाल भन्न सकिने अवस्था छैन।

डब्लूएचओका अनुसार ठिक भएका संक्रमितको एक व्यवस्थित तरिकाबाट स्याम्पलिंग भइरहेको र अनुसन्धान पछि भाइरसलाई कहिलेसम्म टाढा राख्न सकिन्छ त्यो स्पष्ट हुनेछ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ