२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यभाइरस ट्रेसिङ विना लकडाउन खोल्नु घातक हुने डब्‍ल्‍यूएचओको चेतावनी

भाइरस ट्रेसिङ विना लकडाउन खोल्नु घातक हुने डब्‍ल्‍यूएचओको चेतावनी


कोरोना महामारीका कारण पछिल्लो केहि महिनाबाट ठप्प भएको कयौं मुलुकले लकडाउन खोल्न थालेका छन्। डिसेम्बरमा चीनको वुहानबाट फैलिएको प्राणघातक भाइरसको कारण प्रभावित बनेको विश्वभर २ सय भन्दा बढी देशले सतर्कता अपनाउँदै लकडाउन लगाउने फैसला गरेको थियो।

रोकथामका लागि लकडाउन गरेको भएता पनि लगातार संक्रमितको संख्या बढिरहेको छ। यता, लकडाउनको कारण कयौं देशको अर्थव्यवस्था पनि प्रभावित भएको छ। यस्तोमा कयौं देशले आफ्नो लकडाउनलाई हटाउने फैसला गरेका छन् भने कयौं मुलुक लकडाउन खुकुलो बनाउने तयारीमा छन्।

केहि देशहरुले यस महामारीको बीचमा लकडाउन खोल्नाले संक्रमण झनै फैलिएपछि स्वास्थ्य अधिकारीहरुले विना परीक्षण र संक्रमितको सम्पर्कमा आएका व्यक्तिको समयमै पत्ता नलगाएमा संक्रमण तीव्ररुपमा फैलिने हुँदा चेतावनी दिएका छन्।

फ्रान्स र बेल्जियमद्वारा लकडाउन खोलिएको छ। यता, नेदरल्याण्डले बालबच्चाको पठनपाठन सुरु गरेको छ। कयौं अमेरिकी राज्यद्वारा व्यापारिक प्रतिबन्ध हटाएर अघि बढ्ने फैसला गरेपछि विश्व स्वास्थ्य संगठनले सोमबार उक्त चेतावनी जारी गरिएको हो। सान फ्रान्सिस्कोको नजिकैको १० हजार श्रमिक रहेको इलेक्ट्रिक कार कम्पनीले काम सुचारु गर्यो जसलाई सोमबार महामारीको बेलामा अनावश्यक व्यवसाय खोलिएको भन्दै स्वास्थ्य संस्थाले बन्द गर्न निर्देशन दिएको छ।

यसै सन्दर्भमा बोल्दै सङ्गठनको स्वास्थ्य आपत्काल कार्यक्रमका प्रमुख डा. माइकल र्‍यानले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको जाँच विना लकडाउन खोल्नु खतरनाक हुने चेतावनी दिएका छन्। उनले जर्मनी, दक्षिण कोरिया र चीनको वुहानमा लकडाउन खोल्नाले पुन संक्रमणको केस आउन सुरु भएको जनाए।  उनले भने, ‘भाइरस ट्रेसिंङ गरिएन भने कोरोनालाई रोक्न मुश्किल हुन्छ।’

जर्मनी, दक्षिण कोरिया र चीनको वुहानमा लकडाउन खोल्नाले पुन संक्रमणको केस आउन सुरु भएको छ। लकडाउनको विषयलाई लिएर  संगठन (डब्ल्यूएचओ)ले  पनि लगातार चेतावनी जारी गरिरहेको छ र भाइरसको प्रभावलाई लिएर पनि सचेत गराइरहेको छ।

स्वास्थ्य अधिकारिहरुले विना व्यापक परीक्षण र संक्रमितको सम्पर्कमा आएका व्यक्तिको समयमै पत्ता नलगाएमा संक्रमण तीव्ररुपमा फैलिने चेतावनी दिएका छन्।

यता, फ्रान्सका स्वास्थ्यमन्त्रीले एक हप्तामा ७ लाख मानिसको कन्ट्याक ट्रेसिङ गर्ने वाचा गरेका छन्। सोमबार फ्रान्स राष्ट्रको सर्वोच्च अदालतले सरकारलाई कन्ट्रयाक ट्रेसिङ गर्दा गोपनीयताको हकको संरक्षणको साथै चरम सावधानी अपनाउँदै प्रक्रियालाई अघि बढाउन आदेश दिएको छ।

संयुक्त राज्य अमेरिकामा स्वास्थ्य अधिकारीहरूले भइरहेको भाइरसको पुनरुत्थानको लागि आउँदो दिनमा राम्ररी ध्यान दिने भन्दै राज्यहरू बिस्तारै पुन: खोल्न थालेका छन्। यसको लागि कन्ट्याक ट्रेसिङको काम अघि बढाएको छ। त्यहाँका राज्यहरूले कन्ट्याक ट्रेसरहरू लिइरहेका छन्। यस्तोमा विज्ञहरूले भनेका मुलुकभर गरेर हजारौं ट्रेसर आवश्यक पर्ने जनाएका छन्।

ह्वाइट हाउसको एक कार्मायक्रमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने – ‘भाइरस परीक्षण गर्न चाहाने सबै अमेरिकीहरूलाई परीक्षण ल्याउन लगाए तर विशेषज्ञले क्षमताले नभ्याउने प्रतिक्रिया दिइरहेका छन्।’

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म कोरोनाबाट ४२ लाख भन्दा बढी मानिस ग्रसित छन्। जसमध्ये दुई लाखभन्दा बढीले ज्यान गुमाएका छन्। अमेरिकामा मात्रै करिब ८० हजार संक्रमितको मृत्यु भइसकेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ