२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी हुन् कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको १० राष्ट्र

यी हुन् कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको १० राष्ट्र


काठमाडौँ – वैश्विक महामारी कोभिड-१९ को दशा पूरा विश्व झेलिरहेको छ। अहिलेसम्म यस खतरनाक भाइरसबाट विश्वभर गरेर ४५ लाख भन्दा बढी मानिस संक्रमित छन् जसमध्ये ३ लाखभन्दा बढीले ज्यान गुमाएका छन्।

कोभिड-१९बाट विश्वभरमा जति मृत्यु भएको छ ती मध्ये आधा संक्रमित अमेरिका र इटालीका थिए। यो भाइरसबाट पहिलो मृत्युको केस १० जनावरीमा चीनको वुहानमा भएको थियो। समाचार एजेन्सी रोयटर्सको अनुसार मृतकको संख्या एक लाख पुग्नमा ९१ दिन लाग्ने अनुमान थियो तर पछिल्लो १६ दिनमा तथ्यांक बढेर दुई लाख पुगेको हो। त्यसपछि १९ दिनभित्रमा मृतकको संख्या २ लाखबाट ३ लाख पुगेको हो।

यी १० देशमा सबैभन्दा बढी संक्रमितले ज्यान गुमाए

अमेरिका

अमेरिकामा कोरोना भाइरसको १३ लाखभन्दा बढी केस देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अमेरिकामा कोभिड-१९ बाट अहिलेसम्म ८० हजार ६ सय ९५ मानिसको मृत्यु भएको छ। विश्वभर गरेर सबैभन्दा बढी अमेरिकामा मानिसले ज्यान गुमाएका छन्।

बेलायत

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांकअनुसार कोभिड-१९बाट बेलायतमा ३३ हजार १ सय ८६ मानिसको मृत्यु भएको छ। अहिलेसम्म उक्त देशमा २ लाख २९ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ।

इटाली

अमेरिका र बेलायत पछि कोभिड-१९बाट सबैभन्दा बढी ज्यान गुमाउने देश इटाली पर्छ। इटालीमा हालसम्म ३३ हजार १ सय ६ संक्रमितले ज्यान गुमाएका छन्। उक्त देशमा २.२२ लाख भन्दा मानिस संक्रमिर छन्।

स्पेन

स्पेनमा २.२८ लाख मानिस संक्रमित छन्। यस खतरानक भाइरसबाट अहिलेसम्म २७ हजार १ सय ४ मानिसको मृत्यु भएको छ।

ब्राजील

दक्षिण अमेरिकी देश ब्राजील कोरोना भाइरसको नयाँ वैश्विक हटस्पोट बनेको छ। देशमा १ लाख ७७ हजार ५ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १२ हजार ४ सयले ज्यान गुमाएका छन्।

फ्रान्स

फ्रान्समा हालसम्म २७ हजार संक्रमितले ज्यान गुमाए। यहाँ १.४ लाख मानिस कोरोना संक्रमित छन्।

जर्मनी

यूरोपको आर्थिक इन्जिन भनेर चिनिने देश जर्मनीमा अहिलेसम्म १ लाख ७२ हजार २ सय ३९ केस देखिएको छ। जसमध्ये ७ हजार ७ सय २३ मानिसले ज्यान गुमाए।

इरान

इरान चीन कोरोना देखिए लगत्तै इरानमा पनि संक्रमण देखिन थालेको थियो। हाल इरानमा कोरोनाको १ लाख १२ हजार ७ सय २५ केस छ । जसमध्ये ६ हजार ७ सय ८३ जनाको मृत्यु भइसकेको छ।

क्यानडा 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार क्यानडामा हालसम्म ७१ हजार ४ सय ८६ मानिस कोरोना संक्रमित छन्। उक्त मुलुकमा ज्यान गुमाउने संक्रमितको संख्या ५ हजार २ सय ९ पुगेको छ।

बेल्जियम

यूरोपीय देश बेल्जियममा कोभिड-१९बाट ५३ हजार ९ सय ८१ जना संक्रमित छन्। जसमध्ये हालसम्म ८ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ