२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यलकडाउनमा मानसिकरुपले स्वस्थ रहन अपनाउनुहोस् यी ५ उपाय

लकडाउनमा मानसिकरुपले स्वस्थ रहन अपनाउनुहोस् यी ५ उपाय


‘कोभिड-१९’को भयले मानिसको मानसिक स्वास्थ्यलाई प्रभावित बनाएको छ। कोरोनाको महामारी फैलिएसँगै वीग्रिदै गएको मानसिक असन्तुलनलाई कसरी सन्तुलनमा ल्याउन सकिन्छ भन्ने विषयमा अनुसन्धानकर्ताहरुले अनुसन्धान गरिरहेका छन्। लकडाउनको समयमा कोरोना भय त छदै छ त्यसमा पनि तनाव, चिन्ता र घरेलु हिँसाको केस पनि बढ्दै गएको देखिन्छ। जसले गर्दा मानसिक स्वास्थ्यलाई  प्रभावित पारेको छ। यसबाट बच्नको लागि केहि उपाय अपनाउन सकिन्छ।

तपाईलाई पूर्णरुपले स्वस्थ पार्ने यी हुन् ५ तरिका

पर्याप्त सुत्नुहोस्

लकडाउनको कारण हाम्रो दैनिकी बदलिएको छ। हालै मानिसको सुत्ने र उठ्ने समय एकनास छैन। रातभर जाग्नाले दिनभर टाउँको भारी हुने गर्छ। यसको विपरित प्रभाव मानसिक स्वास्थ्यमा पर्न जान्छ। त्यसकारण हामीले सकेसम्म ८ घण्टा दैनिक सुत्नु पर्दछ। खासमा हरेक व्यक्तिको शरीरमा निन्द्राको ‘बायोलोजिकल कल्क’ हुने गर्छ। जब हामी सुत्नु हुन्छ तब हाम्रो शरीरले आफै सन्तुलनमा ल्याउने गर्छ। यदि हामी कम समय सुत्यौ भने उक्त प्रक्रिया सहि तरिकाले पूर्ण हुन पाउँदैन।

स्वस्थ आहार

मानसिक र शारीरिक रूपबाट स्वस्थ राख्न ‘डाइट’ को मूख्य भूमिका हुने गर्छ। तपाई आफ्नो खाना, नास्तामा फल, तरकारी र तरल पदार्थलाई उचित मात्रामा समाबेश गराउनु पर्छ। दिनमा तीनपटक खाना खानुसट्टा ६ पटक थोरै थोरै गरी खाने गर्नु पर्छ। दिनको सुरुवात गर्नको लागि शरीरमा उर्जाको आवश्यक पर्छ। जसकारण ब्रेकफास्ट यस्तो खानुहोस जसले तपाइको शरीरलाई सुचारु रुपमा कार्य गर्नको लागि शक्ति प्रदान गरोस। तपाइको सही खानपानले दिमागलाई तागतिलो बनाउन मद्दत गर्छ।

नयाँ क्रियाकलापमा ध्यान दिने 

जतिसक्दो आफूलाई व्यस्त राख्ने प्रयास गर्नुपर्दछ । व्यस्त हुँदा खुसी पैदा हुन्छ । यसबाट नयाँ-नयाँ चीज सिक्ने मौका मिल्ने गर्छ। मानसिक रूपले स्वस्थ रहनको लागि तपाई आफूलाई मन लागेको कुरा गर्ने गर्नुहोस। जसले तपाईको टाइम पास हुने गर्छ।

एक्लोपनबाट बच्ने

लकडाउनमा घरमै बस्नु त ठिक हो। तर यदि तपाई दिनभर कोठामा बस्न हुन्छ भने यसबाट कुण्ठाको भावनाले घर बनाउन थाल्छ। त्यसकारण परिवारको सदस्यसँग समय विताउने गर्नु पर्छ। हालैमा भएको एक रिसर्चबाट परिवारसँग हुँदा मानिसलाई धेरै खुशी मिल्ने कुरा पत्ता लागेको छ।

पूरा शरीरमा हुने गर्छ तनाबको असर

तपाई तनाबमा हुँदा हर्मोन्सको स्तर बढ्ने गर्छ। एड्रीनेलिन र कार्टिसोलको कारण मुटुको धड्कन तीव्ररुप हुने, पाचन क्रियामा खराबी आउनु, रक्त संचार प्रभावित हुनु, स्नायु प्रणालीको कार्यप्रणालीमा गढबड आउनु र रोगको प्रतिरक्षा प्रणाली कमजोर हुने जस्ता समस्या देखा पर्छ। त्यसैले तनाव आउँन नदिन धेरै सोच्ने, एक्लै बस्ने गर्नु हुँदैन।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, टिप्स
ट्याग : #health tips, #mental health, #mental stress, #मानसिक स्वास्थ्य


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ