२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा १ लाखभन्दा बढीमा कोरोना संक्रमण

भारतमा १ लाखभन्दा बढीमा कोरोना संक्रमण


काठमाडौँ – छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। मंगलबारसम्मको तथ्याङ्कअनुसार भारतमा संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेको हो ।

भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिए बमोजिम पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको ४ हजार ९ सय ७० केस थपिएको छ। त्यस्तै, मृत्यु हुने संक्रमितको संख्या ३ हजार १ सय ६३ पुगेको छ। भारतको महाराष्ट्रमा र तमिलनाडूमा बढी कोरोनाले प्रभाव पारेको छ।

विश्वभर गरेर हाल ४८ लाख ९५ हजार ३६ मानिस संक्रमित छन्। जसमध्ये १९ लाख ९ हजार ४ सय ६५ जना संक्रमित निको भएका छन् भने ३२ लाख १ सय ९८ संक्रमितको मृत्यु भएको छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ