२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनयाँ भ्याक्सिनको पहिलो चरणको परीक्षण सफल भएको अमेरिकाको दावी

नयाँ भ्याक्सिनको पहिलो चरणको परीक्षण सफल भएको अमेरिकाको दावी


कोभिड-१९बाट फैलिएको महामारीलाई रोक्नको लागि तयार पारेको नयाँ भ्याक्सिनको पहिलो चरणको ट्रायल सफल भएको अमेरिकाले दावी गरेको छ। मानिसमा गरिएको उक्त भ्याक्सिनको पहिलो ट्रायलको नतिजा सकारात्मक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

नयाँ भयाक्सिन बनाउने अमेरिकाको बोस्टनस्थित रहेको बायोटिक कम्पनी मोर्डनाले सोमबार उक्त जानकारी दिँदै भन्यो, ‘पहिलो चरणमा ‘एमआरएनए’ नामक नयाँ भ्याक्सिनको ट्रायल गर्यौ। भ्याक्सिन लगाइएको व्यक्तिहरुको शरीरमा सोचेको जस्तै प्रतिरोधात्मक क्षमता बढाएको छ र ‘साइड इफेक्ट’ पनि सामान्य मात्रै गरेको छ।’

 भ्याक्सिनको ट्रायल सफल भएको खबरले अमेरिकामा आशाको किरण देखिएको छ ।

गएको सोमबार मोर्डनाले प्राम्भिक चरणको ट्रायलको अन्तरिम परिणाम निकालेको थियो। सो अनुसार एमआएनए-१२७३ नामको भ्यास्क्सिन लगाइएको व्यक्तिको शरीरमा सामान्य दुष्प्रभाव देखिएको छ। र भ्याक्सिनको प्रभाव सुरक्षित रहेको उनीहरुको दावी छ।

ट्रायल गरिएको व्यक्तिहरुमा भ्याक्सिनले ‘इम्यून सिस्टम’ बढाई कोभिडबाट लड्न मद्दत गर्नुको साथै पहिलेकोभन्दा बढी शरीरमा तागत मिलेको मोर्डनाले जनाएको छ।

मोर्डना पहिलो अमेरिकी कम्पनी हो जसले भ्याक्सिन बनाउने दौडमा जित हासिल गरेको छ। उक्त कम्पनीले ४२ दिनको अवधिमा मानिसमा ट्रायल गर्न सफल भएको हो।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ