२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यभ्याकसिनको जरुरत नपर्ने कोरोनाको औषधी बनाउँदै गरेको चीनको दावी

भ्याकसिनको जरुरत नपर्ने कोरोनाको औषधी बनाउँदै गरेको चीनको दावी


चीनको एक प्रयोगशालाले कोरोना महामारी रोक्ने औषधी बनाउँदै गरेको दावी गरेको छ। अनुसन्धानकर्ताकोअनुसार यस औषधीले संक्रमितलाई छिटो ठिक पार्छ। यसको साथै केहि समयको लागि भाइरससँग लड्न सक्न प्रतिरोधी क्षमता बढाउने गर्छ।

वैज्ञानिक यस औषधीको परीक्षण चीनको प्याकिङ्ग विश्वविद्यालयमा गरिरहेको छ। चीनमा कोरोनाको केस कम भएकोले औषधी बने पछि अष्ट्रेलिया वा कुनै अन्य देशमा परीक्षण गरिनेछ। कोरोना भाइरसको सुरुवात चीनबाट भएको थियो। त्यसपछि विस्तारै-विस्तारै गरी पूरा विश्वमा फैलिएको छ। हालै अन्तर्राष्ट्रिय स्तरमा भ्याक्सिन बनाउने होड चलेको छ।

उक्त विश्वविद्यालयका बेजिङ एडभान्स सेन्टर फर जिनोमिक्सका निर्देशक सन्नी झीले समाचार एजेन्सी एएफपीलाई जनावरमा यसको परीक्षण सफल बनेको जनाएको छ। उनले भने, ‘हामीले एक संक्रमित मुसाभित्र न्यूट्रिलाइजिङ एन्टीबडी इन्जेक्ट गरिएको छ। त्यसको ५ दिन पछि भाइरसको लोड २५०० सम्म कम भएको छ। यसको अर्थ सम्भावित औषधीको असर भएको हो।’

उक्त औषधी न्यूट्रिलाइजिङ एन्टीबडीको प्रयोग गर्दछ जसले कोषिकाहरुमा भाइरसबाट संक्रमित हुने बाट बचाउनको निम्ति मानिसमा प्रतिरोधी शक्ति बढाउने गर्छ। झीको टोलीले ६० संक्रमितबाट एन्टीबडी निकालेको छ।

हाल तयार पारिरहेको न्यूट्रिलाइज्ड एन्टिबडीहरू महामारीको उपचारको लागि एक महत्त्वपूर्ण औषधी बन्न सक्ने झीले जनाए। यता, पछिल्लो हप्ता एक स्वास्थ्य अधिकारीले चीनमा मानवमा पाँचवटा खोपहरू परीक्षण भैसकेको उल्लेख गरेका थिए।

तर विश्व स्वास्थ्य संगठनले भने कोरोना विरुद्धको भ्याक्सिन तयार पार्न १८ महिनासम्म लाग्न सक्ने जनाएको छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ