२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख कट्याे

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख कट्याे


काठमाडौं- संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुने संख्या १ लाख नाघेको छ। मंगलबारसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट मृत्यु हुने संख्या बढेर १ लाख ५ सय ७२ पुगेको हो।

पछिल्लो २४ घन्टामा मात्रै ७०० जना संक्रमितको मृत्यु भएको छ। अमेरिकामा हालसम्म १७ लाख २५ हजार २ सय ७५ जना संक्रमित छन् भने ४ लाख ७९ हजार २ सय ७५ले कोरोनालाई हराएका छन्।

त्यस्तै, विश्वभर गरेर हालसम्म ५६ लाख ८३ हजार ८ सय २ मानिस संक्रमित छन्। जसमध्ये २४ लाख ३० हजार ५ सय २७ जना निको भएका छन्। मृत्युको संख्या बढेर ३ लाख ५२ हजार २ सय पुगेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको देश पहिलो अमेरिका, दोश्रो ब्राजिल, तेश्रो रुस, चौथो स्पेन, पांचौ ब्रिटेन, छैठौं इटाली, सातौं फ्रान्स, आठौँ जर्मनी, नवौं टर्की र दशौं भारत हो।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ