२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यब्राजिलमा कोरोनाले आक्रामक रुप लिँदै, सरकार गैरजिम्मेबार देखिएको भन्दै जनताको विरोध

ब्राजिलमा कोरोनाले आक्रामक रुप लिँदै, सरकार गैरजिम्मेबार देखिएको भन्दै जनताको विरोध


ब्राजिल कोभिड-१९बाट अत्यन्त प्रभावित हुने मूलुकको सूचीको दोस्रो स्थानमा परेको  देश हो । तीव्ररुपमा संक्रमितको संख्या बढ्दै गएको ब्राजिलमा हालसम्म मृत्यु हुनेको संख्या ४१ हजार ८ सय २८ पुगेको छ । त्यस्तै, सबैभन्दा पहिलो स्थानमा परेको अमेरिकामा  संक्रमणको संख्याले  झण्डै विश्वकै आधाभन्दा बढि जनसंख्या ओगटेको छ ।

अमेरिकापछि संक्रमितको संख्या बढि देखिएको मुख्य केन्द्रबिन्दु ब्राजिल हो । तर, पनि यहाँका उच्च निकायहरु भने हालसम्म यस विषयप्रति बेवास्ता गरेको पाइएको छ ।  यस अर्थमा भन्ने हो भने शुरुवाती दिनदेखि ब्राजिलियन राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको सामना गर्दै आएका छन् । यस महामारीको अघिल्लो चरणमा उनले विभिन्न टेलिभिजन कार्यक्रममा यसलाई सदैव देखिने सामान्य फ्लुको संज्ञा दिएका थिए ।

तर, पछिल्लो समयमा भने उनले कुनै पनि टेलिभिजनलाई आफ्नो समय दिएका छैनन् । उनले दिएको अभिव्यक्तिबाट आजित बनेको कारण जनताले विरोध पनि गरिरहेका छन् । विरोधका क्रममा ब्राजिलियन जनताले उनको पुत्ला बनाएर जलाएका छन् । कतिपयले अस्पतालमा तोडफोड समेत गरेको देखिएको छ ।

अप्रिलमा कोरोनाबाट मृत्यु भएको घटना सम्बन्धि सोधिएको प्रश्नमा बोल्सोनारोले आफू मानिसको निम्ति चिहान खन्ने मानिस नभएको बताएका थिए । त्यसको एक हप्तापछि चीनमा भएको मृत्युको बारे सोधिएको प्रश्नमा उनले त्यसोभए के त?’ भन्ने खालको अभिव्यक्ति दिएका थिए ।

ब्राजिलमा कोरोना भाइरसको अवस्था

ब्राजिल कोरोना भाइरसबाट विश्वमा नै अत्यन्त प्रभावित हुने देशको दोस्रो स्थानमा रहेको देश हो । संयुक्त राज्य अमेरीकापछिको दोस्रो प्रभावित देश रहेको ब्राजिलमा हालसम्म ८ लाख २८ हजार ८ सय १० संक्रमितका केसहरु रहेका छन् । यो संख्या विश्वमै दोस्रो ठूलो संक्रमितको संख्या हो । तर, हालसम्म पनि पर्याप्त हुन नसकेको परीक्षणका कारण अझै यहाँको संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । पछिल्लो केहि हप्तामा यहाँको संक्रमित संख्या आकाशिएकोे छ ।

स्वास्थ्यमाथिको अर्थव्यवस्था

राज्यका सरकारी निकायले क्वारेन्टाइनलाई व्यवस्थित तथा सुरक्षित बनाउने नाममा गरिरहेको लापरवाहीका सम्बन्धमा उनले दिएको अभिव्यक्ति भने यथावत् नै  छ । उनले यसबाट अर्थव्यवस्थामा समेत ठूलो क्षति पुग्ने कुरामा जोड दिएका छन्।  ‘उनले दिएको अभिव्यक्ति पूर्ण रुपमा स्पष्ट छ । साओ पाउलोस्थित इन्टरनेशनल रिलेशनका प्रोफेसर ओलिभर स्ट्युन्केलले बताए ।

उनी आर्थिक भार आफ्नो कालमा देखा नपरोस् भन्ने चाहान्छन् । उनले यसलाई आफ्नो उचित अवसरको रुपमा मात्रै यथावत् राख्न खोजेका छन् । ‘आफ्नो दिशा परिवर्तन गरेको पनि म हेर्न सक्दिन, ‘स्ट्युन्केले भने ।

पछिल्लो समय ब्राजिलमा संक्रमणका कारण मृत्यु हुनेको संख्या प्रतिदिन बढ्दै गएको छ । दैनिक १ हजार जनाले संक्रमणबाट ज्यान गुमाइरहेका छन् । तर, पनि यस्तो समयलाई बेवास्ता गर्दै त्यहाँका सरकार लकडाउन तोड्ने मनोस्थितिमा पुगेका छन् ।

यससँगै साओ पाउलोस्थितका केहि पसल तथा सपिङ्ग मलहरु पुनः सञ्चालनमा आएका छन् । तर, पछिल्लो महिना मात्रै ब्राजिलमा बढाएका क्वारेन्टाइन स्थानले भने यहाँका जनतामा प्रश्न एवम् विभिन्न जिज्ञासा उब्जाएका छन् । तसर्थ त्यहाँ पुनः सञ्चालन गरिएको पसलले जोखिम उठाएको छ ।

कोभिड-१९ कै कारण आफ्नो बाबुपछि बहिनी गुमाएका जोसी अल्मिडा बल्बिनोले यस महामारीलाई कसैले पनि गम्भिर रुपमा नलिएको आरोप समेत लगाइन् । एकदिनबाट अर्काे दिन व्यक्तिको स्वास्थ्य खराब हुन समय नलाग्ने भन्दै उनले भने, ‘मेरो बहिनी र पिता एकै दिनमा अस्पताल भर्ना भएका थिए । आइसियुको बेडमा एकै ठाउँमा सुतेको २४–२४ घन्टाको अवधिमा उनीहरु दुवैको मृत्यु भयो ।’

आक्रोशित हुँदै जोसीका छोरा मार्काेस थप्छन्, ‘संकटको सबैभन्दा कालो घडीमा अझ उनीहरु देशलाई पुर्ण रुपमा खोल्ने कुरा ल्याइरहेका छन् ।’ राष्ट्रपतिले कोरोना महामारीलाई दिएको ‘सामान्य रुघाखोकि’को संज्ञालाई उनीहरुले खिल्ली समेत उडाए ।

यस समय भनेको ब्राजिलले आफ्नो पुरा लागत महामारी नियन्त्रणमा लगाउनुपर्ने समय हो । तर, ब्राजिलियन सरकार हाल राजनितिक लडाइमा व्यस्त रहेको त्यहाँका जनताको आरोप रहेको छ ।

यससम्बन्धमा त्यहाँको सर्वाेच्च अदालतले समेत आफ्नो छानबिन प्रकृया अगाडि बढाएको छ । पछिल्लो केहि महिनामा ब्राजिलमा कोरोना महामारीको समस्या भन्दा राजनितिक समस्याले उग्र रुप लिएको छ । यसको अर्थ स्वास्थ्य समस्या सामान्य हो भन्न खोज्नु होइन । तर, राजनितिक विषयवस्तुको स्क्यान्डल र प्रभाव ब्राजिलको निम्ति महत्वपूर्ण विषयमध्ये एक हो ।

यद्यपि यस महामारीलाई नियन्त्रण लिन नसक्नु पछाडिको आवेग राष्ट्रपति बोल्सोनारोमा पनि देख्न सकिन्छ । तर, दिनानु दिन बढ्दै गएको यसको उग्र रुपले भने जोखिमतर्फ संकेत गरिरहेको स्पष्ट रुपमा बुझ्न सकिन्छ ।

यसकारण पछिल्लो क्रममा राष्ट्रपतिका सर्थमन गर्नेको संख्या पनि घट्दै गएको छ । कुलमध्ये ३० प्रतिशत जनता मात्रै उनको पक्षमा उभिएका छन् । उनीहरु सबैजना भाइरसको अन्त्य र अर्थव्यवथाको सुधार चाहान्छन् । यस भाइरस हाल कुन दिशातर्फ बढ्दैछ भन्ने कुराकोहालसम्म कसैले अनुमान समेत गर्न सकेको छैन । यद्यपि यसले झनै गम्भिर रुप लिन्छ कि भन्ने डर सबैमा ब्यापक रहेको पाइन्छ ।

_ बिबिसीबाट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ