२०८० मंसीर २४, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्वभर गरेर ८१ लाखभन्दा बढीमा कोरोना संक्रमण, चीनमा फेरी कोरोना त्रास

विश्वभर गरेर ८१ लाखभन्दा बढीमा कोरोना संक्रमण, चीनमा फेरी कोरोना त्रास


कोरोना भाइरस अर्थात कोभिड-१९बाट हालसम्म ४ लाख ३९ हजार ५० जनाको मृत्यु भएको छ। संक्रमितको तथ्यांक ८१ लाख १२ हजार ५ सय ७७ पुगेको छ।  जसमध्ये ४२ लाख १३ हजार १ सय ८२ मानिस निको भैसकेका छन्।

यता, सबैभन्दा पहिलो केस देखिएको चीनमा फेरी कोरोनाको त्रास फैलिएको छ। चीनमा संक्रमणको दोस्रो लहर देखिएको छ। चीनको राजधानी बेजिंगमा ३ दिनमा १ सय ६ कोरोनाको केस देखिएको छ। जसकारण खोलिएको लकडाउन चीन सरकारले राजधानीमा पुन बन्द गरेको छ।

अमेरिकामा संक्रमितको संख्या २१ लाख नाघ्यो

जिन हप्किन्स युनिभर्सिटीको अनुसार अमेरिकामा कोरोनाको केस २१ लाख भन्दा बढी पुगेको छ। न्युयोर्कमा सबैभन्दा बढी केस देखिएको छ। जहाँ ३० हजार ८ सय २५ जनाको मृत्यु भैसकेको छ।

इजिप्टमा एकदिनमा ९७ मानिसको मृत्यु

इजिप्टमा एक दिनमा ९७ मानिसको मृत्यु भएको छ। मृत्यु हुने कुल तथ्यांक १ हजार ६ सय ७२ पुगेको छ। हाल संक्रमितको संख्या ४६ हजार २ सय ८९ पुगेको छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ