२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययुवामा कोरोना संक्रमण बढ्दै

युवामा कोरोना संक्रमण बढ्दै


विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणको हटस्पट(मुख्य केन्द्रबिन्दु) हाल संयुक्त राष्ट्र अमेरिकाको दक्षिण र पश्चिमी क्षेत्रहरु बनेका छन् । विज्ञहरुका अनुसार सो क्षेत्रका अधिकांश युवाहरुले सामाजिक दूरीलाई गरेको बेवास्ता नै यसका मुख्य कारण हुन् । जसकारण त्यहाँका अधिकांश युवामा कोरोना पोजेटिभ देखिएको छ ।

युरोप एसियाभन्दा ठिक विपरीत रहेको कोरोना वृद्धिसँगै अमेरिका फेरी पनि महामारी नियन्त्रणमा प्रणालीगत रुपमा असफल भएको छ। नववर्ष २०२० को शुरुवाती क्रमदेखि नै यहाँ संक्रमणका केसहरु तीव्र रुपमा वृद्धि हुन थालेको थियो ।

तुलनात्मक रुपमा संक्रमणको उच्च जोखिम अन्र्तगत समूह युवावर्ग रहेका छन् ।  खुसीको कुरा के हो, भने संक्रमणको असर युवावर्गमा कम रुपमा देखा पर्दछ । तर, यससँगै उनीहरुको बेवास्ताका कारण रोगी एवम् जटिल समस्याका बिरामीलाई संक्रमण सार्न सक्ने सम्भावना उच्च रहेका कारण विज्ञहरु यसलाई नकरात्मक पक्षमा पनि लिइरहेका छन् ।

रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रका पूर्व निर्देशकले डा. टम फ्रिडेनले यस संक्रमण छालामा फ्लोरिडाजस्ता क्षेत्रमा भर्खरै मात्र संक्रमण देखा परेका २० देखि ४० वर्षको संक्रमित युवावर्गले अन्यमा संक्रमण नसारेसम्म मात्रै संक्रमितको मृत्युदर कम रहने’ आसयका साथ र आफ्ना भाव ट्वीटर मार्फत ट्वीट गरेका छन् ।

यद्यपि संक्रमणका केसहरु कत्तिको वृद्धि हुन्छ भन्ने कुरा संक्रमितको गतिशिलतामा निर्भर पर्दछ । हालको अवस्थाद्धारा सिर्जित यस प्रश्नको प्रतिउत्तर देशको पुर्वयोजनामा आधारित रहनेमा विज्ञहरुको विश्वास रहेको छ ।

अन्त्यका लागि एन्टि–भाइरल औषधीको अत्यावश्यक

संक्रमणकालको ६ महिनाको अवधिसम्म आइपुग्दा विश्वमा हालसम्म कोरोना संक्रमितको संख्याले ९३ लाख नाघिसकेको छ । यस महामारीबाट बच्न तथा उचित नियन्त्रणका निमित्त चनाखो रहदा रहदै संक्रमणको संख्या नरोकिएपछि यसको पुर्ण अन्त्यका लागि एन्टि–भाइरल औषधी नै आवश्यक रहेको कुरा छर्लङ्ग हुन्छ ।

यसका निमित्त विश्वका विभिन्न विज्ञहरु लागि परिरहेको अन्र्तराष्ट्रिय औषधी उत्पादनकर्ता गिलिड साइन्स बताउँछन् । त्यस्तै, उनको कम्पनी पनि यस सार्स–कोभ–२ विरुद्ध उपयोगी रहने रेम्डिसिभिर एन्टि–भाइरल औषधी परीक्षणमा प्रयासरत छन् ।

रेम्डिसिभिर कोरोना भाइरस अन्त्यका लागि युएस फुड एण्ड ड्रग एसोसियनबाट पारित भएको एक मात्र औषधी हो । कम्पनीले आगामी अगष्ट महिनामा उक्त औषधीको पहिलो परीक्षण ट्रायल कोभिड–१९ संक्रमित तथा रोगीहरुभन्दा अघि स्वस्थ व्यक्तिमा गर्नका लागि एफडिएले स्वीकृतको संकेत समेत दिएको बताएका छन् ।

उक्त परीक्षणको नतिजा प्रभावकारी रहेमा त्यसले महामारी नियन्त्रणमा प्रगति गर्न सक्ने बताउदै गिलियड साइन्सेजका अध्यक्ष तथा सीइओ डेनियल ओडेले भन्छन्, ‘हाल यो दैनिक रुपमा देखा पर्ने संक्रमितलाई प्रदान गर्दै आएको छ । हाम्रो अन्वेषक रेम्डिसिभिर एन्टि भाइरल औषधीले शुरुवाती चरणमा सकरात्मक प्रभाव देखाइएको खण्डमा यसले यस कोरोना महामारीको नियन्त्रणमा निकै सहयोग पु¥याउनेछ ।’

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ