२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी हुन् कोरोनालाई मात दिने ३ राष्ट्र

यी हुन् कोरोनालाई मात दिने ३ राष्ट्र


विश्व नै कोरोना भाइरस विरुद्धको लडाइ लडिरहेको छ । हरेक कुराबाट शक्तिशाली एवम सम्पन्न राष्ट्र समेत यसको चपेटामा परेका छन् । वैज्ञानिकहरु रातदिन गरेर यसको अन्त्यको लागि समाधानका उपाय खोज्नमा लागि परेका छन् । लगभग ६ महिना वितिसक्दा पनि कोरोना कहर रोकिएको छैन । झनै संक्रमण तीव्ररुपमा बढ्दै गैरहेको छ । यहि अन्तरालमा केहि राष्ट्रहरुले भने स्वास्थ्य सेवाको निरन्तर परिचालनद्धारा संक्रमणको संख्या एकदमै न्युन पार्न सफल हुँदै यस माथि विजय हासिल गरिरहेका छन् । ती राष्ट्रहरु विस्तारै लकडाउन खोल्ने समेत तयारीमा छन्  । आखिर कसरी कोरोनासँग लड्दै छन् ती राष्ट्रहरु ? जानौ ।

न्यु–जिल्याण्ड

न्यु–ल्याण्डमा हालसम्म कोरोनाका जम्मा २ सय ५ वटा केसहरु मात्रै फेला परेका छन् । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यद्यपि, त्यहाँको सरकारले त्यहाँ सबैभन्दा कडा लकडाउनको घोषणा गरेको थियो । सरकारको निर्देशन बमोजिम त्यहाँका नागरिकलाई अत्यावश्यक समयमा घर जान अनुमति दिइएता पनि अन्य गैर-नागरिकका लागि भने सिमाना पुर्ण रपमा बन्द गरिएको थियो ।

कोरोना कहरबाट बच्नका लागि सरकारद्धारा तोकिएको निर्देशन बाह्य क्षेत्रबाट आएका एवम् स्थानियका लागि अनिवार्य गरिएको थियो । फलस्वरुपः त्यहाँको समुदायमा कोहिमा पनि कोरोना संक्रमण देखिएको थिएन । साथै गत ‘मे’को अन्त्यदेखि त्यहाँ कोरोनाका नयाँ केसहरु देखिन पनि बन्द भएको थियो । त्यसैले, हाल न्यु–जिल्याण्ड सरकारले सिमा बन्द बाहेकका सबै प्रतिबन्धहरु हटाएका छन् । यसरी न्यु–जिल्याण्डले कोरोनाका महामारीलार्ई पार गरेका छन् । यद्यपि प्रतिबन्धित सिमामा बसेकाहरुमा भने पुनः कोरोना देखिने हो कि भन्ने डर याथावत नै छ ।

भियतनाम

कोरोना महामारीको क्रमसँगै संक्रमणका कारण भियतनाम एकदमै दयनीय अवस्थामा पुगिने हो कि भन्ने धारणा थुप्रै विज्ञहरुले राखेका थिए । चीनसँग लामो सीमा सम्बन्ध एवम् मुख्य समझेदारी पार्टनर रहेका कारण पनि यो देश जोखिमको केन्द्रबिन्दुमा रहेको  भन्ने धेरैको आँकलन रहेको थियो । हुन त यहाँ भएका सिमित स्वास्थ्य संरचनाका कारण पनि कोरोना महामारीलाई यस देशले सजिलै सामना गर्छ भन्ने धेरैको कल्पना बाहिर रहेको थियो । तर, जुनको ‘२९’ तारिकसम्म आइपुग्दा यहाँ जम्मा कोरोनाका ३ सय ५२ केसहरु मात्र दर्ता भएका छन् ।  ९ करोड ६० लाख जनसंख्या रहेको यस राष्ट्रमा हालसम्म कोरोना संक्रमणबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । अझ यहाँका सरकारले देशको अर्थव्यवस्था ५ प्रतशतले बढ्ने अनुमान समेत गरेको छ ।

जनावरीमा चीनसँगै अन्य देशहरुमा कोरोनाका केस देखिएसँगै यहाँका आधिकारीहरु महामारीबाट बच्नका लागि कडा रुपमा प्रस्तुत भएका थिए । कोरोना संक्रमण नफैलियोस् भन्नका लागि यहाँ सिमा तथा विद्यालयहरु पुर्ण रुपमा बन्द गरिनुका साथै गम्भीर अवस्था भएका विरामीहरु सबैमा जाँच गरिएको थियो । यस्तै, लक्षण नदेखिएका व्यक्तिहरुमा पनि ‘कन्ट्याक  ट्रेसिङ’ गर्दै कोरोना परीक्षण गरिएको थियो । यी सबै सार्वजनिक मल्टिमिडिया सेवा अभियानको सहकार्यमा सम्पन्न भएको थियो । कोरोना संक्रमण नियन्त्रणका निम्ति भियतनामसँगै मानव अधिकारवादी र रिपोर्टरहरुका भुमिका पनि प्रशंसा योग्य रहेको देखिन्छ ।

आइसल्याण्ड

आइसल्याण्ड युरोपमा सबैभन्दा बढि कोरोनाका केस देखिन शुरु भएको  देश मध्ये एक हो । यहाँको प्रतिलाख नागरिक बराबर ५ सय १३ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, मार्चसम्म अन्य देशहरुले सटिक एवम् व्यापक रुपमा कोरोनाबाट ग्रसित भइरहेको अवस्थामा प्रतिव्यक्ति आय अनुपातका तुलनामा यहाँ विश्वकै सबैभन्दा बढी कोरोना परीक्षण गरिएको थियो । त्यसो त यसको श्रेय यहाँ रहेको थोरै जनसंख्यालाई पनि मान्न सकिन्छ ।

आइसल्याण्डको ‘स्क्रोनिङ्ग’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ पावर यति प्रभावकारी  रहेको छ कि  यहाँको सरकार समेत आफ्नो यस क्षमताप्रति घमण्ड गर्न सक्षम छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यहाँ प्रतिलाख बराबर ३ जना मात्रै रहेको छ ।

– अलजजिराद्धारा साभारित ।


क्याटेगोरी : अन्य
ट्याग : #corona free country, #आइल्याण्ड, #कोरोना केस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ