२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्वको पहलो कोरोना विरुद्ध खोपको क्लिनिकल परीक्षण सफलतापुर्वक पूरा गरेको रुसको दावी

विश्वको पहलो कोरोना विरुद्ध खोपको क्लिनिकल परीक्षण सफलतापुर्वक पूरा गरेको रुसको दावी


कोरोना भाइरस विरुद्ध प्रभावकारी र सुरक्षित खोप खोज्ने दिशामा विश्व दौडँदै जाँदा विश्वको पहिलो कोभिड-१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण सम्पन्न भइसकेको ट्रान्सलेसन मेडिसिन एण्ड बायोटेक्नोलजी संस्थानका निर्देशक वादिम तारासोभले दावी गरेका छन् ।

रुसको सेक्नोभ प्रथम मस्को स्टेट मेडिकल युनिभर्सिटीका स्वयंसेवकहरुमा विश्वको पहिलो कोभिड-१९ खोपको क्लिनिकल परीक्षण सम्पन्न भएको   निर्देशक तारासोभले जनाएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएनआईमा उल्लेख गरिएको समाचारका अनुसार निर्देशक तारासोभले सो परीक्षणमा सहभागी भएका स्वयंसेवकहरूको पहिलो समूहको अब आउने बुधवार र दोस्रो समूहको जुलाई २० मा डिस्चार्ज हुने बताएका छन्।

विश्वविद्यालयले रसियाको एम्पीडेमियोलोजी र माइक्रोबायोलोजी संस्थानको गमाइली इन्स्टिच्यूटद्वारा निर्मित खोप लिन इच्छुकलाई परीक्षण गरिरहेको थियो। गत जुन १८ तारिखबाट उक्त खोपको ट्रायल सुरु भएको थियो।

‘सेचेनोभ विश्वविद्यालयले कोरोना भाइरस विरुद्ध विश्वको पहिलो खोपका स्वयम्सेवकहरूको परीक्षण सफलतापूर्वक पूरा गरिसकेको छ, ‘तारासोभले भने।

परीक्षणको यस चरणको उद्देश्य मानव स्वास्थ्य सुरक्षाको लागि यो खोपको परीक्षण गर्नु थियो जुन सफलतापूर्वक सम्पन्न भयो, ‘इन्स्टिच्युट अफ् मेडिकल प्यारासिटाेलाेजी ट्रपिकल एण्ड भेक्टर बर्न डिजिजका निर्देशक अलेक्जेण्डर लुकाशेभले भने।

‘भ्याक्सिनको सुरक्षाको पुष्टि भइसकेको छ। यो बजारमा रहेका ती खोपहरूले प्रदान गर्ने सुरक्षासँग मिल्दोजुल्दो छ, ‘लुकाशेवले भने। भाइरसको साथमा महामारी विज्ञानको जटिलता र उत्पादन बढाउने सम्भावना सहित खोप विकास सम्बन्धि थप योजना विकासकर्ताहरूद्वारा निर्धारण भइरहेका छन्।

कोभिडको महामारीको स्थितिमा सेचेनोभ विश्वविद्यालयले शैक्षिक संस्थाको रूपमा मात्र नभई औषधी जस्ता महत्वपूर्ण र जटिल उत्पादनहरूको निर्माणमा भाग लिन सक्षम हुने वैज्ञानिक र प्राविधिक अनुसन्धान केन्द्रको रूपमा पनि काम गर्‍यो। हामीले यस खोपको साथ काम गरेका थियौं। प्रोटोकोल विकास, र क्लिनिकल परीक्षणहरू हाल चलिरहेका छन्, ‘तारासोभले भने।

कोरोना भाइरस विरुद्ध सयौं भन्दा बढी खोपहरू हाल विश्वव्यापी रूपमा विकास हुने क्रममा वा परीक्षणमा छन्। त्यस्तै, कोरोना भाइरसले अहिलेसम्म विश्वका १२ करोड भन्दा बढी मानिसहरूलाई संक्रमित गरिसकेको छ।

एजेन्सी 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ