२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्ययौन प्रसारित रोगबाट यसरी बचौं

यौन प्रसारित रोगबाट यसरी बचौं


यौन क्रियाकलापद्धारा व्यक्तिमा सर्ने रोगलाई यौन प्रसारित रोग अर्थात् ‘सेक्सुअल ट्रान्समिसन डिजिज’ भनिन्छ । यस्ता रोगबाट बच्नका लागि सदैव असुरक्षित यौन सम्पर्क, यौन समस्या एवम् लक्षण देखा परेको व्यक्तिसँगको सम्पर्कबाट बच्नु पर्छ ।  र  एक जना पार्टनरसँग मात्रै यौन सम्बन्ध कायम गर्नुपर्दछ ।

यसबाहेक यौन प्रसारित रोगबाट बच्न निम्न उपायहरु अपनाउनु पर्दछ ।

१.  प्रत्येक पटक यौनसम्बन्ध कायम गर्दा कन्डम वा लेटेक्सको प्रयोग गर्ने । यदि लुब्रिकान्टको प्रयोग गर्दै हुनुहुन्छ भने त्यो वाटर बेसमा भएको हुनुपर्दछ । कन्डमलाई १०० प्रतिशत गर्भनिरोधक एवम् यौन रोग प्रसारित रोधक साधन मानिन्छ । यद्यपि कन्डमको उचित प्रयोग कसरी गरिन्छ ? भन्ने बारे ज्ञान हासिल गर्नुपर्दछ ।

२.  एकै टावेल(रुमाल)वा भित्रिवस्त्र कसैसँग पनि सेयर नगर्ने ।

३. सम्भोग कायम गर्नुअघि योनाङ्ग राम्ररी पखाल्ने ।

४. हेपेटाइटिस ‘बी’ खोप मात्रा पुर्ण रुपले लगाउने

५. एचआईभि संक्रमण परीक्षण गर्ने

६. यदि तपाईमा ड्रग एवम् मदिराको लत छ भने यसबाट छुटकारा पाउनको निम्ति अन्यको सहयोग पनि लिन सक्नुहुन्छ । यस्ता व्यक्तिहरु प्रायजसो सुरक्षित यौन सम्बन्ध कायम गर्न विफल हुन्छन् ।  र, याद राख्नुहोस् यौन सम्बन्ध कायम नराख्नु नै यौन प्रसारित रोगबाट बच्नु सबैभन्दा ठुलो उपाय हो ।

केहि समय ‘नोनोजाइनोल–९’ कन्डमको प्रयोगले यौन प्रसारित रोगका जिवाणुलाई मारी यौन रोगबाट बचाउँछ भन्ने मान्यता रहेको थियो । तर, नयाँ अध्ययनले जनाए अनुसार यसो गर्नाले महिलाको योनी र गर्भाशयमा पोल्ने एवम् संक्रमण हुनेजस्ता समस्या देखा पर्दछ । तसर्थ, हाल विज्ञहरुले नोनोजाइनोल–९ कन्डम प्रयोग नगर्न सुझाव दिएका छन् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ