२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्वमा १ करोड ३२ लाख भन्दा बढी संक्रमित, कोरोनामुक्त हुनेको संख्या ७७ लाख करिब

विश्वमा १ करोड ३२ लाख भन्दा बढी संक्रमित, कोरोनामुक्त हुनेको संख्या ७७ लाख करिब


विश्वभरमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढी रहेको छ। हरेक दिन दुई लाख भन्दा बढी कोरोनाका केस देखिरहेको छ। हाल २ सय १५ देशमा कोरोना फैलिएको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वभर गरेर १ करोड ३२ लाख ३५ हजार भन्दा बढी मानिस संक्रमित छन्। जसमध्ये ५ लाख ७५ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्।

यसैबीच संक्रमणलाई हराएर निको हुने संक्रमितको संख्या ७६ लाख ९६ हजार भन्दा बढी रहेको छ। सबैभन्दा कोरोना प्रभावित देश अमेरिका बनेको छ। जहाँ ३४ लाख ७९ हजार भन्दा बढी संक्रमणको केस छ। जसमध्ये १५ लाख भन्दा बढी संक्रमित संक्रमण मुक्त छन्। त्यस्तै, १ लाख ३८ हजारभन्दा बढी मानिसको कोरोनाबाट मृत्यु भइसकेको छ।

त्यस्तै, अति प्रभावित देश मध्ये दोश्रो स्थानमा ब्राजिल छ। ब्राजिलमा हालसम्म १८ लाख ८७ हजार ९ सय ५९ मानिस संक्रमित छन्। जसमध्ये ७२ हजार ९ सय २१ जनाले ज्यान गुमाएका छन्।

ब्राजिल पछि तेश्रो स्थानमा भारत रहेको छ। जहाँ अहिलेसम्म ९ लाख ७ हजार भन्दा बढी संक्रमणको केस पाइएको छ। भने कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ हजार भन्दा बढी छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ