२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यएन्टिबडीले १ महिना मात्रै कोभिड-१९ बाट बचाउने अध्ययनको दाबी

एन्टिबडीले १ महिना मात्रै कोभिड-१९ बाट बचाउने अध्ययनको दाबी


कोभिड-१९ बाट संक्रमित भएका व्यक्तिको महिना दिनपछि प्रतिरक्षा प्रणालीमा गिरावट आउने एक अध्ययनले जनाएको छ । बेलायतमा गरिएको उक्त अध्ययनले आफ्नो संक्रमण कालको महिना दिनपछि व्यक्तिको प्रतिरक्षा प्रणालीमा गिरावट आउने निस्कर्ष निकालेको हो ।

मेडिकल सर्भर मेड्र्जिभ डट अर्गनाइजेशनमा प्रिन्टको रुपमा प्रकाशित उक्त निस्कर्षलाई मेडिकल जर्नल अन्र्तगत हालसम्म पियर–रिभ्यु (सामुहिक समिक्षा) को रुपमा भने प्रकाशित गरिएको छैन । सो अध्ययनले कोरोनाको लक्षण देखिएको २० देखि ३० दिनभित्र एन्टिबडीमा हृास आउँदै जाने जानकारी दिएको हो ।

शरीरले संक्रमण विरुद्ध लड्नको निम्ति उत्पादन गर्ने एन्टिबडीलाई एक किसिमको प्रोटिन मानिन्छ । युनाइटेड किङडमस्थित रहेको अन्वेषकहरुको एक संस्थाले पेपरमा उल्लेख गरे अनुसार उक्त अध्ययनले कसरी ‘आईजिएम’ र ‘आईजिए’ बाध्याकारी प्रतिक्रिया २० देखि ३० दिनभित्र घट्छ भन्ने कुरा प्रत्यक्ष रुपमा देखाउँछ । यससँगै कोभिड-१९ को प्रतिक्रियाले एन्टिबडी परिणामको प्रतिक्रिया पनि गर्न सक्ने कुरा उक्त पेपरमा उल्लेख गरिएको छ ।

सर्वेक्षणको शिलशिलामा अध्ययनकर्ताहरुले कोभिड-१९ पुष्टि भएको र यसका लक्षण देखिएको ९४ दिनपछि ६५ जना बिरामी र ३१ जना स्वास्थ्यकर्मीहरुको एन्टिबडी नमूना मार्चदेखि जुन महिनाको प्रत्येक १ देखि २ हप्ताका बीचमा परीक्षण गरेका थिए ।

‘युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ का अनुसार सामान्यतयाः एन्टिबडी उत्पादन गर्नको निम्ति शरीरमा संक्रमणको अवधि १ देखि ३ हप्ता भएको हुनुपर्दछ ।  महामारीको सुरु भए लगत्तै विश्व स्वास्थ्य संगठनले कोभिड-१९ संक्रमित भइसकेका व्यक्तिहरुलाई पुनः भाइरस संक्रमणबाट जोगाउन आवश्यक नरहेको बताउँदै आएको छ ।

यद्यपि यससम्बन्धि भएका केहि नयाँ अध्ययनहरुमा सिमितता भएका कारण थप अध्ययनको आवश्यकता महशुस गरिएको छ । कोरोना भाइरस संक्रमणको सार्स–कोभ–२ नाम दिएको यस भाइरस कति समयसम्म टिकिरहन्छ त्यो भने हेर्न बाँकि नै छ ।

यस अध्ययनले सार्स–कोभ–२ को पुनः संक्रमण र खोप संरक्षण टिकाउपनको विरुद्ध विचार गर्दा प्रभावकारी रहने आशय पनि सो पेपरमा उल्लेख गरिएको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ