२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यअन्तिम परीक्षणको निम्ति तयार हुँदै अमेरिकी खोप

अन्तिम परीक्षणको निम्ति तयार हुँदै अमेरिकी खोप


अमेरिकामा कोरोना विरुद्धको खोप अन्तिम परीक्षणको निम्ति तयार गरिएको छ । अमेरिकी विज्ञहरुका अनुसार पहिलो खोप बिरामीहरुमा दिएपश्चात् त्यसले सकरात्मक नतिजा देखाएसँगै यसलाई अन्तिम परीक्षणको निम्ति तयार गरिएको हो ।

झण्डै ६५ हजारभन्दा माथिका दरले वृद्धि भएको अमेरिकामा संक्रमितको संख्या मात्रै हालसम्म ३४ लाख नाघिसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ९ सय भन्दा बढीले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या १ लाख ३६ हजार पुगेको छ ।

डच अन्वेषकहरुलाई उदृत गर्दै साउथ मर्निङ पोस्टमा भेन्टिलेटरको साहारा लिइरहेका गम्भीर अवस्थाका कोरोना संक्रमित बिरामीको रगत परीक्षण गर्दा उनीहरुको शरीरमा हानिकारक एवम् घातक तत्व पाइएको समाचार प्रकशित गरिएको थियो ।

स्वास्थ्य मन्त्रालय तथा जोन्स हप्किन्स विश्व विद्यालयद्धारा संकलित तथ्यांकका अनुसार संयुक्त राज्यलाई पछि पार्दै कोरोना संक्रमितका संख्यामा दक्षिण अफ्रिका हाल अग्र स्थानमा रहेको छ । यहाँ हाल करिब ३ लाख संक्रमितसँगै ४ हजार ३ सय संक्रमितको मृत्यु भइसकेको छ ।

कोरोना महामारीका कारण हालसम्म विश्वमा १ करोड ३० लाखभन्दा बढि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यस्तै, संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख ७७ हजार ८ सय रहेको छ । कोरोना संक्रमणका कारण धेरै मृत्यु हुने देशको रेकर्डमा क्रमशः अमेरिका, ब्राजिल, युके, मेक्सिको र इटाली रहेको छ ।

-एजेसी ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ