२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्ययसकारण पुरुषमा देखिन्छ यौन समस्या

यसकारण पुरुषमा देखिन्छ यौन समस्या


पुरुषमा देखिने गुप्त रोग वा यौन समस्या गम्भीर समस्यामध्ये एक हो । यस समस्याको गहन जाँच एवम् उपचार गर्न अतिआवश्यक रहन्छ । रोग नियन्त्रण एवम् रोकथाम केन्द्रका अनुसार वर्तमान अवस्थामा यौन समस्याका कारण प्रभावित पुरुष संख्या लाखौ रहेको छ । सुखमय दम्पत्तिको जीवनमा विशेष महत्व राख्ने यौन समस्या जुनसुकै व्यक्तिमा पनि देखिन सक्छ ।

यौन स्वास्थ्यसँगै सम्पूर्ण जीवनलाई नै प्रभावित पार्ने यौन समस्या एवम् यौन रोग वर्तमान स्थितिमा जोकोहिमा देखिने सामान्य समस्या  बनिसकेको छ । यसले स्वास्थ्यमा अन्य समस्याहरु पनि निम्त्याउँने भएकाले यस्ता समस्या देखा पर्ना साथ तुरुन्त चिकित्सकको परामर्श लिनु पर्दछ ।

पुरुषमा देखिने विभिन्न यौन समस्यामध्ये समयमै वीर्य नझर्नु पनि हो । कोहि व्यक्ति उत्तेजनाको लामो समयसम्म वीर्यपात गर्नमा असक्षम रहन्छन् । समान्य इच्छा र उत्तेजना भएपनि उनीहरुमा यस्ता समस्या देखा पर्दछ । यस्ता समस्यालाई ‘विलबिंत स्खललन’ अथवा ‘डिले इजाकुलेशन’ भनिन्छ ।

लक्षण : 

  • ३० देखि ६० मिनेटसम्म चाहेर पनि स्खलनन नहुनु
  • आधा घण्टासम्म सम्भोग कायमपश्चात् पनि स्खलनन नहुनु
  • पर्याप्त यौन आनन्द लिन नसक्नु
  • थकान
  • चिडचिडाहट हुनु
  • उत्तेजना नहुनु

कारण :

  • बढ्दो उमेर
  • मानसिक स्वास्थ्य–डिप्रेशन अर्थात् तनाव
  • मेडिकल कन्डिशन–मधुमेह
  • रक्तचाप, मुटुरोग तथा एन्टि–डिप्रशेन सम्बन्धि औषधीको सेवन
  • पुरुष ग्रन्थीको शल्यक्रिया
  • सम्बन्धमा समस्या–आफ्नो पार्टनरसँगको बिग्रदो अवस्था
  • लामो समयसम्म मदिराको उच्च प्रयोग गर्नाले

समाधानका उपायहरु
यस्ता समस्या देखा पर्ना साथ सकेसम्म छिट्टै चिकित्सकको परामर्श लिनु नै उपचारको उचित समाधान हुन जान्छ । यस्तै चिकित्सककोमा जादा आफूलाई परेको अन्य शारीरिक, मेडिकल एवम् मानसिक समस्याबारे खुलेर बताउनु पर्छ ।  यससँगै यस्ता समस्या देखा नपरोस् भन्नका लागि यसका कारणहरु पत्ता लगाई त्यसबाट जोगिने सक्दो प्रयास गर्नुपर्दछ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ