२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यपछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना केस देखियो : डब्लूएचओ

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना केस देखियो : डब्लूएचओ


पछिल्लो २४ घण्टाको अवधिमा मात्रै संसारभर गरेर २ लाख ५९ हजार ८ सय ३४८ नयाँ कोभिड १९ का केस देखा परेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाए अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दखिएको केस हालसम्मकै सबैभन्दा धेरै केस हो ।

यससँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४० लाख भन्दा बढी पुगेको छ ।  यस वृद्धिद्धरले डब्लूएचओमा फेरि पनि नयाँ रेकर्ड कायम गरेको छ । यसअघि शुक्रबारका दिन देखिएको २ लाख ३७ हजार ७ सय ४३ को रेकर्डलाई तोड्दै यसले नयाँ रेकर्ड कायम गरेको हो ।

शनिबार जारी भएको रिपार्ट अनुसार तथ्यांकमा कोरोना संक्रमणका कारण २४ घण्टामा ज्यान गुमाउनेको संख्या भने ७ हजार ३ सय ६० रहेको छ । यस्तै, हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ९३ हजार ८७ पुगेको छ । यसरी विश्वव्यापी रुपमा महामारी फैलिनु पछाडिको मुख्य कारणलाई भने विज्ञहरुले लक्षण बिना देखिएको संक्रमणलाई मान्दै आएका छन् । उनीहरुका अनुसार लक्षणबिना नै संक्रमितको शरीरबाट प्रसारण हुने कोरोनाका घातक एवम् खतरापुर्ण पक्ष हो ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ