२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनद्धारा निर्मित खोपको पहिलो परीक्षण सुरु गर्दै ब्राजिल

चीनद्धारा निर्मित खोपको पहिलो परीक्षण सुरु गर्दै ब्राजिल


ब्राजिलले चीनमा निर्मित कोरोना विरुद्ध खोपको पहिलो चरणको परीक्षण सुरु गर्ने भएको छ । ६ वटा राज्यको चिकित्सकद्धारा चीनमा विकास गरिएको खोपको ट्रायल यसअघि सावो पाओलो क्लिनिकल अस्पताल सुरु गरिएको थियो । यसलगत्तै सो खोप अब ब्राजिलले पनि सुरु गर्न लागेको हो ।

चीनको खोपको प्रारम्भिक नतिजा ९० दिनभित्र आउने आशा गरिएको छ ।  सिनोभ्याक ट्रायल्समा एक सार्वजनिक स्वास्थ्य अनुसन्धान केन्द्रले ब्युटनटन इन्स्टिट्युटसँग काम गर्दै आएको छ । तसर्थ, परीक्षण सफल भएमा उक्त संस्थानले अन्य १२ करोड डोज उत्पादनका लागि अनुमति प्राप्त गर्नेछ ।

‘ब्राजिलमा हामी पहिलो खोप व्यापक रुपमा प्रयोग गर्न सक्छौ । जुन धेरै नै आशाजनक रहेको छ’ ,इन्स्टिट्युटका प्रमुख दिमस कोभासले भने।

उरुम्किबासीलाई निःशुल्क परीक्षणका लागि अफर गर्दै चीन

चीनले सम्पूर्ण उरुम्किबासीलाई आफूद्धारा निर्मित कोभिड१९ खोप निःशुल्क परीक्षणका लागि अफर गरेको छ । छिङ्गजियाङ्ग क्षेत्रको पश्चिम भुगोलमा रहेको उरुम्किबासीमा कोरोना संक्रमण बढेकाले चीनले उक्त अफर गरेको त्यहाँको स्टेट मिडियाले जनाएको छ । शहरको एन्टि-इपिडेमीक ग्लोबल टाइम्स समूहको एक रिपोर्टमा भाइरस फैलावटको खतरा कम गर्न सकिने किसिमले परीक्षणको दायरालाई अघि बढाउने तयारी गरिएको उल्लेख गरिएको छ ।  प्राप्त जानकारी अनुसार उरुम्कि समुदायमा करिब ३० लाख ५० हजार व्यक्तिहरु बसोबास गर्दछन् ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ