२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यफिल्टर भएको ‘एन नाइन्टी फाइभ’ मास्कले कोरोना नछेक्ने भारतको दाबी

फिल्टर भएको ‘एन नाइन्टी फाइभ’ मास्कले कोरोना नछेक्ने भारतको दाबी


भारतीय केन्द्रिय सरकारले सबै राज्यहरुलाई ‘एन नाइन्टी फाइभ’ मास्कको प्रयोगले कोरोना भाइरस नियन्त्रणको निम्ति हानिकारक बताउँदै पत्र लेखेको छ । श्वासप्रश्वासको निमित्त मानिसहरुले प्रयोग गर्ने भल्भ सहितको एननाइन्टि फाइभ मास्कको प्रयोगले भाइरस नरोक्ने र भाइरस रोकथामका लागि यसको प्रयोग हानिकारक रहेको भन्दै केन्द्रिय सरकारले चेतावनी सहितको उक्त पत्र जारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवा महानिर्देशक (डिजिएचएस)द्धारा राज्यका स्वास्थ्य चिकित्सा शिक्षाका प्रमुख सचिवहरुलाई लेखिएको उक्त पत्रमा; विशेषगरी स्वास्थ्यकर्मी बाहेक अन्यका लागि एननाइन्टि मास्कको प्रयोग अनुपयुक्त रहेको उल्लेख गरिएको छ ।

यससँगै डिजिएचएसले मुख ढाक्नका लागि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध सुरक्षात्मक आवरण भएको घरेलु(घरमा बनेको) मास्क प्रयोगका लागि समेत सुझाव दिएको छ ।

अनुरोध एवम् चेतावनी समेत दिँदै डिजीएचएस राजीव गर्गले पत्रमा लेखेका छन् –

कोरोना भाइरस प्रसारण रोक्नकै लागि प्रयोग गरिने (भल्भ सहितको एननाइन्टि फाइभ मास्क) प्रयोग हानिकारक रहेको छ । किनकी यसले भाइरसलाई मास्कबाट बाहिर निस्कनमा कुनै पनि रोक लगाउदैन भन्ने कुरा जनचेतनासम्म पु¥याउन आवश्यक रहेको छ । उपरोक्त कुरालाई ध्यानमा राख्दै अनुहार तथा मुख ढाक्ने मास्कको उपयोग गर्न र एननाइन्टि मास्कको अनुचित प्रयोग रोक्नका लागि सबै सम्बन्धित निकायलाई निर्देशन दिन हुन म हार्दिक अनुरोध गर्दछु ।’

भारतीय सरकारले यसअघि पनि गत अप्रिलमा अनुहार एवम् मुखका लागि कभर सहितको होम प्रोडक्टिभ मास्क प्रयोगका सम्बन्धमा एक सुझाव जारी गरेको थियो । जसमा सर्वसाधारणलाइ घरबाहिर निस्कदा यसको प्रयोग गर्न निर्देशन दिइएको थियो । यससंगै जारी उक्त निर्देशनमा; प्रयोग गरिएको मास्क दिनहुँ धुने तथा सफा राख्नुपर्ने र, यस मास्क उत्पादनका लागि कुनै पनि किसिमको सुतीको कपडा प्रयोग गर्न सकिने कुरा समेत उल्लेख गरिएको थियो ।

उक्त निर्देशिका अनुसार कपडा जुनसुकै रंगको भएता पनि सर्वप्रथम त्यसलाई उम्लिएको पानीमा राम्ररी करिब ५ मिनेटसम्म धुने र प्रयोग गर्नुअघि त्यसलाई राम्ररी सुक्न दिनुपर्दछ । यसरी उमालिएको पानीमा नुन मिसाउन समेत सुझाव दिइएको छ ।

यद्यपि घरमै बनाइने यस्ता मास्क व्यक्तिको अनुहारमा राम्ररी फिट हुने कुरामा पनि निश्चित हुनुपर्ने भन्दै यसका लागि खाली ठाउँ नराखी मुखको नाप लिइनु पर्नेमा समेत जोड दिइएको छ ।  मास्कको प्रयोग गर्नुपुर्व राम्ररी हात धुन तथा मास्कमा आद्रता हुनुअगावै यसको परिवर्तन गर्न र एउटा मास्क एकजनाले मात्रै प्रयोग गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यस्तै, यससम्बन्धमा विज्ञहरुले समेत ‘एउटा मास्कको प्रयोग एक व्यक्तिले मात्रै प्रयोग गर्नुपर्ने र परिवारका प्रत्येक सदस्यपिच्छे भिन्न–भिन्न मास्क हुनुपर्छ’ भन्ने सल्लाह दिएका छन् । भारतका केन्द्रिय स्वास्थ्य मन्त्रालयका आकँडा अनुसार, सोमबारसम्ममा भारतमा संक्रमितको संख्या ११ लाखभन्दा माथि पुगेको छ ।

युनियन हेल्थ मिनिस्टरीको आकँडा अनुसार संक्रमण मुक्त हुनेको संख्या भने बढेर ७ लाखभन्दा माथि पुगेको छ । यसैगरि संक्रमणकै कारण एकै दिनमा ज्यान गुमाउने ६ सय ८१ संख्या सहित यहाँ हालसम्म कुल २७ हजार ४ सय ९७ जनाले आफ्ना ज्यान गुमाएका छन् । सोमबार बिहान ८ बजेसम्मको तथ्यांक अनुरुप हालसम्म यहाँ ११ लाख १८ हजार ४३ कोरोना संक्रमितका केशहरु दर्त भएका छन् ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ