२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना संक्रमितको संख्या डेढ करोड नाघ्यो

कोरोना संक्रमितको संख्या डेढ करोड नाघ्यो


विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९बाट संक्रमित हुनेको संख्या डेढ करोड नाघेको छ । अंग्रेजी गतवर्षको अन्त्यमा चीनको वुहानबाट सुरु भइ  संसारभर महामारीको रुपमा फैलिँदै गएको कोरोना संक्रमण ७ महिनाको अवधिसम्म आइपुग्दा यसबाट संक्रमित हुनेको संख्याले डेढ करोड पार गरेको हो ।

विश्वभर गरेर हालसम्म कुल संक्रमित संख्या १ करोड ५० लाख ९४ हजार ६ सय १० रहेको छ । यस्तै, संक्रमणका कारण ज्यान गुमाउनेको संख्या कुल ६ लाख १९ हजार ५ सय २० रहेको छ भने संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ९१ लाख १० हजार ९ सय ७२ पुगेको छ ।

कोभिड१९ बाट अति प्रभावित देशको सूचीमा संयुक्त राष्ट्र राज्य अमेरिका अग्र स्थानमा रहेको छ । जहाँ कुल संक्रमितको संख्या ३८ लाख माथि छ भने संक्रमणका कारण हालसम्म १ लाख ४० हजार ६ सय ३० जनाले ज्यान गुमाएका छन् । अमेरिकापछि ब्राजिल अति प्रभावित देशको दोस्रो स्थानमा रहेको छ । जहाँ २१ लाख माथि संक्रमित संख्या  रहेका छन् भने ८१ हजार ५ सय ९७ जनाले संक्रमणका कारण आफ्नो ज्यान गुमाएका छन् ।

यस्तै, कोरोनाबाट अति प्रभावित देशको तेस्रो स्थानमा भारत रहेको छ । यहाँ कोरोना संक्रमितको संख्या झण्डै १२ लाख नजिक पुगेको छ, भने २८ हजारभन्दा बढि व्यक्ति संक्रमणकै कारण ज्यान गुमाएका छन्। र, कुल ७ लाख ८३ हजार ३ सय २८ संक्रमित संख्या सहित दक्षिण अफ्रिकालाई पछि पार्दै रसिया अति कोभिड१९–प्रभावित देशको चौथो स्थानमा उक्लिएको छ ।

– एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ