२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकाक्रा, पालक र बन्दागोभीजस्ता तरकारी बढी खाने देशमा कोरोनाबाट हुने मृत्यु कम : अनुसन्धान

काक्रा, पालक र बन्दागोभीजस्ता तरकारी बढी खाने देशमा कोरोनाबाट हुने मृत्यु कम : अनुसन्धान


काक्रा, पालक र बन्दागोभी खानेजस्ता तरकारीहरु अत्याधिक प्रयोग गर्ने देशहरुमा कोरोनाबाट हुने मृत्यु दर कम पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का एक पूर्व वैज्ञानिक गरेको अनुसन्धानबाट क्राका, पालक र बन्दागोभीजस्ता तरकारी धेरै प्रयोग हुने देशहरुमा कोरोनाबाट हुने मृत्युदर कम भएको पाइएको हो ।

डब्लूएचओका ग्लोबल अलायन्स अगनेष्ट क्रोनिक रेस्पिरेस्ट्री डिजिजका पूर्व अध्यक्ष डा. जियन बुस्क्वैटले आफ्नो अनुसन्धानमा धेरै सागपात, तरकारी र फर्मेन्टेड फुड धेरै खाने देशहरुमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको छ ।

शोधकर्ताहरुकाअनुसार यस्ता तरकारी र खानामा सल्फोराफेन हुन्छ, जसले शरीरमा एनआरएफ२ लाई एक्टीभेट गर्छन् । यही एनआरएफ२ कोभिड—१९ बाट सुरक्षित राख्छ ।

सागपात र तरकारीमा एन्टीअक्सीडेन्ट अधिक हुने भएकाले यसले डाइबटिज र कडा रोगको खतरा पनि कम गर्छ । नयाँ अनुसन्धानका शोधकर्ता डा. बूस्कवैटले दावी गरेका छन् कि ब्रोकाउली, बन्दागोभी, टमाटर, पालक र क्राका आदिमा एन्टीअक्सिडेन्ट अधिक मात्रामा हुन्छ । यसको अधिक प्रयोग गर्ने कयौं देशमा कोरोना संक्रमणबाट हुने मृत्यु दर कम रहेको पाइएको छ ।

यस्ता तरकारीहरुमा इन्सुलिन रेसिस्टेन्ट हुन्छ, जसले कोरोनाबाट हुने मृत्युदर घटाउने अनुन्धानकर्ताको दावी रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ