२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यसामाजिक दूरी सम्बन्धि सीडिसीले पुनः जारी गर्‍यो ‘गाइडलाइन्स’

सामाजिक दूरी सम्बन्धि सीडिसीले पुनः जारी गर्‍यो ‘गाइडलाइन्स’


सेन्ट्रल फर डिजिज कन्ट्रोल अर्थात सीडिसीले फेरी पनि एकपटक सामाजिक दूरी सबन्धि ‘गाइडलाइन्स’ तयार पारेको छ । गत मे महिनामा सामाजिक दूरीको सम्बन्धमा जारी गरिएको ‘गाइडलाइन्स’ सीडिसीले कोरोना महामारीको झण्डै ८ महिना पुग्नै लाग्दा पुनः अपडेट गरेको हो ।

राउटर्सको रिपोर्ट अनुसार ‘गाइडलाइन्स’ प्रकाशित गर्नुअघि १ सय घण्टाभन्दा कम अवधिमा मात्रै संसारभर १० लाख नयाँ कोरोना संक्रमितहरु देखा परेका थिए । र, त्यसै तथ्यांकलाई मध्यनजर गर्दै सीडिसीले पुनः सामाजिक दूरी कहाँ अनि कसरी कायम गर्ने भन्ने सम्बन्धमा गाइडलाइन्स तयार गरेको बताइन्छ ।

तीव्र रुपमा फैलिरहेको सार्स–कोभ–२ प्रसारण सम्बन्धि संक्रमितको अघि जाँदा उसले गर्ने हाछ्युँ र खोकिबाट निस्कने ड्रपलेस एवम् श्वासप्रश्वासको माध्यमबाट अन्यमा सर्ने विज्ञहरुले बताउँदै आएका छन् । यस्तै, एरोसोल कणशरु ३ घण्टासम्म हावामा तैरिने हुदा उक्त अवधिमा संक्रमण जो सुकैलाई पनि सर्न सक्ने हार्वर्ड हेल्थ पब्लिसिङ्गले जनाएको छ ।

नाक एवम् मुखको माध्यमबाट शरीरमा प्रवेश गर्ने उक्त भाइरसले सर्वप्रथम व्यक्तिको फोक्सोमा आक्रमण गर्दछ । जसकारण पनि संक्रमणबाट बच्नको निम्ति मास्कको अनिवार्य प्रयोगमा चिकित्सकहरुले बारम्बार जोड दिँदै आएका छन् । यससँगै मास्कको प्रयोग गरेता पनि सामाजिक दूरी कायम राख्दै मास्कमा बारम्बार नछुन समेत राज्यका अधिकारहरुले सुझाएका छन् ।

 सीडिसीले पछिल्लो समय आफ्नो वेबसाइटमा सामाजिक दूरी सम्बन्धि अपडेट गरेको मापदण्डः

सामुदायिक स्तरमा

  • सकेसम्म सार्वजनिक यातायातको प्रयोग नगर्ने । सकभर भएसम्म निजि साधन प्रयोग गर्ने र सम्भव भए पैदल यात्रा गर्ने ।
  • साथीभाई एवम् परिवारसँग यात्रा गर्दा पनि आफ्नो स्थान सुरक्षित साथ कायम राख्ने । र, साधनको झ्याल खुल्ला राख्ने ।
  • साझा यातायातको प्रयोग गर्नुपर्ने अवस्था आइपरे, यातायात कुर्ने समयमा अन्य व्यक्तिबाट ६ फिट दूरी कायम राख्ने ।
  • यात्राको समयमा पनि जथाभावी नछुने ।
  • गाडिबाट उर्लिएपछि सेनिटाइजर प्रयोग गर्ने र भीडबाट टाढा रहने ।

बाहिर निस्कदा ध्यान दिनुपर्ने पक्ष

  • अत्यावश्यक समयमा मात्रै आवश्यक सुरक्षा अपनाएर किराना पसलमा जाने वा घरबाट बाहिर निस्कने ।
  • ६ फिट दूरी कायम राख्ने ।
  • जथाभावी नछुने र छुनुअघि किटाणुनाशक वाइपको प्रयोग गर्ने ।
  • ६५ भन्दा बढि उमेरका वृद्धवृद्धालाई आवश्यक सामाग्री आफै किनेर ल्याइदिने र उनीहरुबाट विशेषरुपमा सामाजिक दूरी कायम राख्ने।

सामाजिकिकरणको छनौट गर्ने

  • आफन्त र साथीसँग भेटघटभन्दा टेक्नोलोजीको माध्यमबाट उनीसंग टचमा रहने । अन्थया सामाजिक दूरी सम्भव हुने गरी सानो भेटघाट कार्यक्रम गर्ने ।
  • पार्टि, भीडभाड वा अन्य हुलमुल कार्यक्रमबाट टाढै रहने ।
  • अनिवार्य रुपमा मास्कको प्रयोग गर्दै ६ फिट दूरीमा विशेष ध्यान दिने ।
  • उपस्थित हुन अनिवार्य पर्ने कार्यक्रममा जादा सकेसम्म घरबाटै बनाएर खानाहरु लैजाने । अन्यथा व्यक्तिगत प्रयोग गर्न पनि सकिन्छ ।
  • हात मिलाउने वा अंकमालजस्ता गतिविधिबाट टाढा रहने ।
  • तपाई रेस्टुरेण्ट जाँदै हुनुहुन्छ भने त्यहाँस्थित टेबुल ६ फिट दूरी भए वा नभएको पक्षमा ध्यान दिने । बुफि पार्टिहरु निश्चित व्यक्तिको लागि मात्रै कायम गर्ने ।

कसरतको समयमा,

  • साइकल वा पैदलको रुपमा जान सकिने र शारीरिक दुरी कायम गर्न सकिने स्थान व्यायामको लागि छनोट गर्ने । यदि क्लोरी बर्नका लागि जिम जान चाहानुहुन्छ भने त्यहाँ कत्तिको भीड हुन्छ र एकपटकमा कति जनासम्मलाई अनुमति दिइन्छ त्यसबारे राम्ररी बुझ्ने ।
  •  एकैरुपमा भएपनि व्यक्तिको सामीप्यमा नजाने गरी जिम जान सकिन्छ ।
  • सामुहिक तालिम छ भने मास्कको प्रयोग गरी ५ फिट दूरी कायम राख्दै हावा आवतजावत हुने गरी झ्याल तथा ढोका खुल्ला राख्ने ।

साझा सुविधायुक्त स्थानमा मास्कको प्रयोग गर्ने,

  • नर्सिङ्ग होम, होस्टल, लन्ड्रि, डाइनिङ एरिया, लिफ्टजस्ता साझा स्थानहरुमा झन् जोखिमको भय रहन्छ । त्यस्ता स्थानमा मास्कको प्रयाग अनिवार्य रुपमा गर्ने ।
  • अन्य व्यक्तिको नजिक नजाने । त्यस्ता स्थानमा सकेसम्म संवादको लागि टेक्नोलोजी साधनको प्रयोग गर्नु उचित रहन्छ ।

बिरामीको सामीप्यमा जादा ध्यान दिनुपर्ने पक्ष,

  • बिरामी बस्ने कोठा उचित रुपमा हाा आवतजावत आउने ठाउँ भएको हुनुपर्छ । झ्याल वा पंखा खुला नै राख्ने । बिरामी र कुरुवा सुत्ने ओछ्यान अलग-अलग हुनुपर्दछ । यदि सकिदैन भने ठुलो ओछ्यानमा शारीरिक दूरीमा ध्यान दिँदै बेड सेयर गर्ने ।
  •  शौचालय प्रयोग गर्नुअभि किटनाशक औषधिले सफा गर्ने । बिरामीले प्रयोग गरेपछि शौचलायमा झ्याल, ढोका वा पंखा अन गरी हावाको वहाव पु¥याउने । र, सबै सतह सफा गर्ने ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ