२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यहरेक हप्ता १० लाख भन्दा बढी केस, जनसंख्या बढी भएका देश परे मारमा : डब्ल्यूएचओ

हरेक हप्ता १० लाख भन्दा बढी केस, जनसंख्या बढी भएका देश परे मारमा : डब्ल्यूएचओ


विश्व स्वास्थ्य संगठनले हरेक हफ्ता १० लाख भन्दा बढी संक्रमणको केस देखिरहेको भन्दै आपति जनाएको छ। संगठनले शनिबार ५ हफ्ता देखि लगातार हरेक हप्ता विश्वभर गरेर १० लाख भन्दा बढी केस देखिरहेको र यसले जनसंख्या बढी भएको देशमा हानि गरेको भन्दै आपत्ति जानेको हो।

संगठनको अनुसार गएको २४ जुलाईमा मात्रै २ लाख ८० हजार केस आएको थियो। ब्राजिल र भारतले पनि एकैदिनमा केस तीव्ररुपले बढ्दै गएको जानाएको छ। यता, अमेरिकाले पनि केसहरु बारे चिन्ता व्यक्त गरेको छ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा संक्रमितको संख्या ४३, लाख १५ हजार ७ सय ९ पुगेको छ। भने १ लाख ४९ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। अति प्रभावित देशमध्ये दोश्रो स्थान ओगटेको ब्राजिलमा ८६ हजार ४ सय ९६ मानिसले ज्यान गुमाए। जहाँ संक्रमितको संख्या करिब २४ लाख पुगेको छ। त्यस्तै, तेश्रो स्थानमा परेको भारतमा १३ लाख ८५ हजार भन्दा बढी संक्रमित छन्। मृतकको संख्या ३२ हजार भन्दा बढी छ।

विश्वभर गरेर हाल १ करोड ६१ लाख ९९ हजार ४ सय ४७ संक्रमित छन्। जसमा ९९ लाख भन्दा बढी निको भएका छन्। भने ६ लाख ४८ भन्दा बढी संक्रमितको मृत्यु भैसकेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ