२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोनाको लक्षणमा ज्वरोलाई मात्रै प्राथमिकता दिए धेरै केस छुट्न सक्छ : अध्ययन

कोरोनाको लक्षणमा ज्वरोलाई मात्रै प्राथमिकता दिए धेरै केस छुट्न सक्छ : अध्ययन


भारतमा गरिएको एक अध्ययनले कोरोनाको लक्षणमा ज्वरोलाई मात्र प्राथमिकता नदिन आग्रह गरेको छ । ‘अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस ट्रमा सेन्टर’ले गरेको उक्त अध्ययन अनुसार कोरोना लक्षण स्वरुप कुल संक्रमितमध्ये केहि प्रतिशतमा मात्रै ज्वरो देखिएकाले ज्वरोलाई कोरोना संक्रमणका प्रमुख लक्षण नमान्न आग्रह गरेको हो । अन्यथा ठूलो संख्यामा संक्रमित छुट्ने भन्दै एम्सले चेतावनी समेत दिएको छ ।

१ सय ४४ संक्रमितमा गरिएको उक्त अध्ययनमा तीमध्ये १७ प्रतिशत बिरामीमा मात्रै कोरोनाका लक्षण देखिएको ‘इन्डियन जर्नल अफ मेडिकल रिसर्च’मा उल्लेख गरिएको छ । अध्ययनमा उल्लेख रिपोर्ट यसप्रकार रहेको छ :-

‘भारतमा ज्वरो १७ प्रतिशत संक्रमितमा मात्रै देखिएको छ । जुन संसारको अन्य रिपोर्ट्सको तुलनामा निकै कम हो । जबकि चीनमा संक्रमणको पहिलो चरणमा ४४ प्रतिशत र अस्पतालको समयमा ८८ प्रतिशत संक्रमितमा ज्वरो देखिएको बताइएको छ ।’

अध्ययनले जनाए अनुसार भारतमा अस्पताल भर्ती भएका कुल संक्रमितमध्ये ४४ प्रतिशतमा मात्रै ज्वरो देखिएको थियो । र यो प्रकृया उनीहरुमा निको नभएसम्म देखा परेको थियो । जसकारण यता कोरोना संक्रमितमा ज्वरोलाई प्राथमिकता दिदै गर्दा उता लक्षण नै नभएका व्यक्तिले समुदायमा संक्रमण प्रसारण गर्ने सम्भावना उच्च रहेको भन्दै अध्ययनले चेतावनी समेत दिएको हो ।

यस्तै, कुल संक्रमितको ४४.४ प्रतिशतमा कुनै पनि अनुपातमा लक्षण नदेखिएको र लक्षण देखिएकामध्ये पनि ३४.७ प्रशितमा खोकि, १७.४ प्रतिशतमा ज्वरो र २ प्रतिशतमा नाकका लक्षण देखिएको अध्ययनमा उल्लेख गरिएको छ ।  यसअघि विभिन्न देशका विज्ञहरुले कोरोनाको शुरुवातीमा; संक्रमितमा ज्वरो, खोकी, घाँटीको दुखाइ, श्वासप्रश्वासमा समस्या एवम् थकान देखिने बताउँदै आएका थिए ।

यसैगरी, गत जुनमा केन्द्रिय स्वास्थ्य मन्त्रालयले पनि; संक्रमणको लक्षण स्वरुप व्यक्तिको सुघ्ँने र स्वाद लिने क्षमतामा हृास आउने, झाडा हुने एव् मांसपेशीमा दुखाइ हुने बताइएको थियो ।

यससँगै उक्त अध्ययनबाट व्यक्तिकोे उमेर, लिंग, एवम् धुम्रपान गर्ने बानी र संक्रमणबीच कुनै पनि सम्बन्ध नरहने रुचिपुर्ण तथ्य पनि बाहिरिएको छ । यद्यपि विश्वको तथ्यांक हेर्ने हो भने तुलनात्मक रुपमा महिलाभन्दा पुरुष संक्रमितको संख्या बढि देखिएको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ