२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यपुरुषको जीवनशैलीको प्रभाव पनि हो स्वप्नद्धोष ‘नाइटफल’

पुरुषको जीवनशैलीको प्रभाव पनि हो स्वप्नद्धोष ‘नाइटफल’


‘नाइटफल’ अर्थात् स्वप्नद्धोष भन्नाले निन्द्राको क्रममा पुरुषमा हुने स्खलन भन्ने बुझिन्छ । सामान्यतयाः बालकबाट किशोर वा वयस्क अवस्थामा प्रवेश गर्दै गर्दा उनीहरुमा हुने हार्माेन परिवर्तन वा गडबढका कारण यस्तो समस्या देखा पर्दछ ।

यस्तै, कम उमेरका पुरुषले हस्तमैथुन प्रकृया सुरु गरेसँगै वा  उनीहरुले देख्ने यौन गतिविधिका सपनाका कारण पनि उनीहरुमा स्वप्नद्धोष हुने गर्दछ । अर्थात्, सपना र हस्तमैथुनकै कारण पुरुषमा स्खलनन अर्थात् नाइटफल हुने गर्छ । जुनसुकै उमेरमा पर्न पनि देखिन सक्ने यसलापनि यसलाई खासै ठूलो समस्या नलिन विज्ञहरुको सुझाव रहेको छ ।

यद्यपि यस विषयलाई पुरुषहरु एक लाजको विषय मान्दै यसबारे खुला रुपमा आफ्नो परिवार एवम् साथीभाईसँग कुरा गर्न खोज्दैनन् । तसर्थ, यसको उचित जानकारी प्राप्तको लागि चिकित्सकको सल्लाह पनि लिन सकिन्छ । बढ्दो आधुनिकीकरणका कारण हाल अश्लील सामाग्री र इन्टरनेटले धेरैको जीवनलाई अल्मलाएको छ ।

पुरुषमा हुने नियमित वा लगातार स्वप्नद्धोषको कारण नियमित अश्लील सामाग्री हेर्ने क्रियाकलापका कारण पनि हो । तसर्थ, यसले यौनलाई गलत कोण प्रदान गर्न मद्दत गर्ने विज्ञहरुको राय रहेको छ । यसरी रातमा स्वतः हुने यस स्खलनलाई गलत धारणाबाट बुझेका कारण व्यक्तिहरु खुलेआम यस विषयमा कुरा गर्न रुचाउँदैनन् ।

उनीहरु यस विषयमा फुसफुसाउँछन् मात्रै । जुन विल्कुल गलत हो । किशोर–किशोरी एवम् युवाहरुले यौन समस्याको विषयमा सहि कारण एवम् सहि उत्तर खोज्ने गर्नुपर्छ । ताकि उनीहरुमा देखा परेको समस्याको हल सजिलै गर्न सकियोस् ।

स्वप्नद्धोषको विषयमा के भन्छन् त चिकित्सकहरुः

स्वप्नद्धोषलाई सामान्य समस्याको रुपमा लिएता पनि केहि व्यक्तिमा भने यो लगातार एवम् निरन्तर समस्याको रुपमा देखा पर्दछ । चिकित्सकका अनुसार यसबाट राहत पाउने थुप्रै उपायहरु छन् । जसका लागि निम्न उपायहरु अपनाउन सकिन्छः

  • मसालेदार खानाबाट टाढा रहने
  • उचित आहार एवम् डाइटको प्रयोग
  • नियमित कसरत गर्ने
  • सुत्नुअघि पिसाब गर्ने बानी बसाल्ने
  • अश्लील सामाग्रीबाट टाढा रहने
  • कब्जियतको समस्या छ भने त्यसको उपाचार गर्ने
  • सुत्नुअघि कुनै राम्रो पुस्तकको अध्ययन वा गीत–संगीत सुन्ने
  • टेस्टोस्टेरोन औषधीको प्रयोगकर्ताले भने यसको डोज घटाउने वा प्रयोग गर्न छोड्ने ।

उपचार

स्वप्नद्धोष सम्बन्धि भएका विभिन्न अन्धविश्वास एवम् मिथ्थाका कारण यसप्रति व्यक्तिहरुको नकरात्मक धारणा रहेको पाइन्छ । सम्भोगको क्रममा उचित रुपमा तयार हुन नसकेका कारण स्वप्नद्धोष हुन्छ, यो कमैमा मात्र देखिन्छ, नियमित हस्तमैथुन यसको कारण हो र यसले व्यक्तिलाई यौनिक रुपमा कमजोर बनाउँछ भन्नेजस्ता यी सबै कुराहरु यससम्बन्धि जोडिएका मिथ्थाहरु हुन् । तसर्थ सर्वप्रथम प्रत्येक व्यक्तिले

यससम्बन्धि भएको मिथ्थाबाट बाहिर निस्किएर यसको सहि जानकारी हासिल गर्नुपर्दछ । त्यसबाहेक आयुर्वेद चिकित्सा प्रणालीमा स्वप्नद्धोष समस्याका विभिन्न उपचार पद्धति रहेका छन् । आयुर्वेद अन्र्तगत तनाव, चिन्ता एवम् बढ्दो व्यस्त जीवनशैलीलाई स्वप्नद्धोषका कारण मानिन्छ । यस अर्थमा भन्ने हा भने व्यक्तिको जीवनशैलीको प्रतिफल पनि हो स्वप्नद्धोष ।

तसर्थ, आयुर्वेद चिकित्सा प्रणाली अनुसार आफ्नो जीवनशैली परिवर्तन गरी यसका कारणबाट टाढा रहदै उचित आहार, डाइट, व्यायाम एवम् योगासंगै आरामदायी बाथ लिनाले पनि यस समस्याबाट राहत पाउन सकिन्छ । यस्तै यस समस्या समाधानका लागि आयुर्वेदमा दिइने औषधीको प्रयोग पनि प्रभावकारी रहन्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ