२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनमा ३ महिनाको अवधिमा कोरोना संक्रमणको केस उच्च

चीनमा ३ महिनाको अवधिमा कोरोना संक्रमणको केस उच्च


पछिल्लो साढे ३ महिनाको अवधिभित्र चीनमा हालसम्मकै धेरै कोरोनाका केस दर्ता भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार सार्वजनिक गरेको तथ्य अनुसार पछिल्लो २४ घण्टामा मात्रै नयाँ १ सय १ कोरोनाका केसहरु दर्ता भएको हो ।

उक्त आयोगका अनुसार गतमध्ये अप्रिल देखि हालसम्म चीनमा देखिएको उच्च केस हो । कोरोना नियन्त्रणमा अग्रस्थानमा रहेको चीनमा यसअघि उच्च केसको संख्या ६८ रहेको थियो । उक्त दर्ता केसमध्ये ८९ केसहरु सिन्जियाङ्गको पश्चिमी भुगोलबाट रहेका छन् । जसलगत्तै सरकारले त्यहाँ ठुलो संख्यामा सामूहिक परीक्षण दायरा बढाइ परीक्षण गर्न निर्देशन दिएको छ ।

कोभिड-१९ को पहिलो केस देखिएको चीनमा हालसम्म कुल संक्रमित संख्या ८७ हजार २ सय ४५ रहेका छन् भने ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ६३ रहेको छ । यद्यपी, चीनलाई कोरोना संक्रमण नियन्त्रण गर्नमा अग्र देशको रुपमा लिइन्छ ।

– एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ