२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्य१० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी

१० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी


कोरोना विरुद्ध खोप बनाउनको लागि विश्वमा २३ परियोजनामा काम चलिरहेको छ। जसमध्ये केहि ट्रायल अन्तिम चरणमा छन्। विश्वभर प्रभाव पारेको कोरोना महामारीको अन्त्य गर्ने खोजीमा बैज्ञानिकहरु लागि परेका छन्। यसैबीच रुसबाट तयार भएको कोरोनाविरुद्धको खोपलाई प्रयोगमा ल्याउन अनुमति दिने बताइएको छ।

सीएनएनको एक रिपोर्टको अनुसार वैज्ञानिकले १० अगष्ट वा त्यो भन्दा अघि नै खोपको अनुमतिलाई लिएर तीव्र रुपमा काम भैरहेको छ। सो प्रयोगको लागि तयार अवस्थामा रहेको खोपलाई मस्कोको गमलेया इन्सीट्यूटले बनाएको हो।

रिपोर्टका अनुसार सो खोपको सार्वजनिक उपयोग गर्नको लागि अनुमति मिल्ने रुसको अधिकारीहरुको दावी छ। तर सबैभन्दा पहिला उक्त खोप अग्रपन्थीमा रहेका स्वास्थ्यकर्मी, चिकित्सक र सिधा सम्पर्कमा रहने कोरोना संक्रमितलाई सेवा गर्ने स्वास्थ्यकर्मीलाई दिइनेछ।

तर पनि रुसले हालसम्म खोपको ट्रायल बारे कुनै पनि आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। जसकारण हालै खोपले कतिसम्म काम गर्छ भनेर भनिहाल्न मुश्किल छ। केहि मानिसले भने सो खोपलाई बजारमा ल्याउनको लागि राजनीतिक दबाब दिईरहेका छन्। ताकी रुसको वैज्ञानिक शक्तिलाई विश्वभर देखाउन सकियोस।

रुसको खोपको हाल दोश्रो चरण पुरा गर्न बाँकी छ। वैज्ञानिकले ३ अगष्टभित्र पुरा हुने बताएका छन्। त्यसपछि तेश्रो चरणको परीक्षण सुरु हुनेछ। वैज्ञानिकका अनुसार अन्य रोगबाट लड्नु अघि नै निर्मित खोपको संसोधित संस्करण भएको कारण खोप बन्न समय लागेन।

रूसी रक्षा मन्त्रालयका अनुसार यो खोप मानव परीक्षणमा रूसी सैनिकले स्वयंसेवकको रूपमा काम गरेको छ। साथै खोपलाई बनाउने परियोजनालाई निर्देशक अलेक्जेन्डर गिन्सबर्गले आफै पनि खोपको खुराक लिएका छन्।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ