२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायतमा आइसोलेसन अवधि थप ३ दिन बढ्यो

बेलायतमा आइसोलेसन अवधि थप ३ दिन बढ्यो


ब्रिटेनको मुख्य चिकित्सा अधिकारीद्धारा युकेमा कोरोना भाइरस पोजेटिभ देखिएको व्यक्ति आइसोलेसन रहनुपर्ने अवधि बढाएको छ । संक्रमित व्यक्तिको शरीरमा भाइरस पुनः स्थापित नहोस् भन्नका लागि आइसोलेसनका अवधि बढाइएको त्यहाँका चिकित्सा अधिकारीहरुले जनाएका छन् । यसलगत्तै युकेमा कोरोना पोजेटिभ देखिएका व्यक्ति आइसोलेसन बस्नुपर्ने अवधि ७ दिनबाट बढेर १० दिन पुगेको छ ।

सामान्यतयाः संक्रमित व्यक्तिमा लगातार खोकि लाग्ने, ज्वरो आउने, सुघ्ँने तथा स्वाद लिने शक्तिमा कमी हुनेजस्ता मुख्य लक्षण देखिन्छन् । जसकारण व्यक्ति कम्तिमा पनि १ हप्ता यानिकी ७ दिन सेल्फ आइसोलेशन बस्नुपर्ने नियम रहेको थियो ।

यद्यपि यो नयाँ सल्लाह विश्व स्वास्थ्य संगठनको मार्गदर्शन(गाइडेन्स) मा आधारित रहेको छ । प्रमुख मेडिकल अफिसरका अनुसार भाइरसबाट मुख्य रुपमा ती व्यक्तिहरुलाई बचाउनुपर्ने हुन्छ, जो गर्मी तथा जाडोयामबाट पहिले नै ग्रसित रहेका छन् । यसैगरी यसले समुदाय प्रसारणमा सघाउ पु¥याउने सम्भावना उच्च रहने उनले बताएका छन् ।

प्राप्त तथ्यले, ‘संक्रमित व्यक्तिलाई ७ देखि ९ दिनको बीचमा कम तर वास्तविक रुपमा संक्रमणको जोखिम रहन्छ’ भन्ने कुरा समेत पत्ता लगाएको छ ।पहिलो लक्षण देखिएको केहि दिनपछि व्यक्ति झन् संक्रामक हुने गर्छन् । यद्यपि संक्रमणको ९ दिनपछि व्यक्तिले सो बल प्राप्त गर्न सक्छ भन्ने प्रमाण वैज्ञानिकहरुले दिएका छन् ।

आइसोलेसनको सम्बन्धमा प्रत्येक राष्ट्रपिच्छे नै फरक–फरक मापदण्ड रहेका छन् । जस्तो ‘दि आइरिस रिपब्लिकले जनाए अनुसार त्यहाँ लक्षण देखिएका व्यक्ति १४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने नियम छ । जबकी संयुक्त राष्ट्र अमेरिकामा भने यो नियम संक्रमित व्यक्तिका लागि १० दिनको अवधिसम्म मात्रै रहेको छ ।

यद्यपि अमेरिकाले संक्रमित व्यक्तिमा २४ घण्टाको अवधिसम्म ज्वरो नदेखिएको खण्डमा मात्रै व्यक्तिलाई आइसोलेशनबाट मुक्त गर्ने गरेका छन् । यो नियम युरोपका प्रधानमन्त्रीले त्यहाँ महामारीको दोस्रो चरण देखा परेको चेतावनी दिएपछि मात्रै शुरु गरिएको थियो ।

उक्त नियमको घोषणा गर्नुअघि बीबीसी ब्रेकफास्टमा बोल्दै स्वास्थ्य सचिव म्याट ह्याकले; ‘सरकार सावधानी अपनाउन र उक्त छालबाट व्यक्तिहरुलाई बचाउन चाहान्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

यस्तै, वेल्सका प्रमुख चिकित्सा अधिकारी फ्रयान्क एथर्टनले पनि, परिवर्तन महत्वपुर्ण छ र कोहि पनि भाइरसको अन्त्य भयो भन्ने भ्रममा नपर्न भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरेका थिए । युकेको यस कदमपछि त्यहाँका राजनितिज्ञ एवम् विज्ञहरुले यो कदम सराहनीय भएको भन्दै प्रशंसा समेत गरेका छन् ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ