२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना तीव्ररुपमा फैलिएपछि लकडाउनलाई पुनः समर्थन गर्दै अष्ट्रेलिया

कोरोना तीव्ररुपमा फैलिएपछि लकडाउनलाई पुनः समर्थन गर्दै अष्ट्रेलिया


अष्ट्रेलिया सरकारले नयाँ कोरोनाभाइरसलाई नियन्त्रण गर्ने प्रयासमा भिक्टोरिया राज्यले गरेको कडा सामाजिक दूरीका लागि समर्थन जनाएको छ।सरकारले आइतबार लकडाउनलाई पुनः समर्थन गर्दै कडा सामाजिक दूरीको पालना गर्नुपर्नेमा जोड दिएको हो।

अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख गरिए अनुसार बुधबारदेखि कम्तिमा ६ हप्ताको लागि राज्यको राजधानी मेलबर्नमा कडाइका साथ उक्त नियम जारी गरिनेछ । राज्यको दोस्रो ठूलो शहर मेलबर्नका सर्वसाधारणलाई यसअघि नै घर–घरमा बस्न निर्देशन दिइएको थियो । मेलबोर्नियन बासीहरूलाई काम, आवश्यक किनमेल, मेडिकल हेरचाह र व्यायामको लागि बाहिर जान अनुमति दिइन्छ। तर नयाँ प्रतिबन्ध अन्तर्गत प्रत्येक घरबाट एक जनालाई मात्र किराना किनमेल गर्न अनुमति दिइनेछ।

यद्दपी यस निर्देशनको बाबजुद पनि त्यहाँको सरकार कोभिड-१९ रोकथामका लागि संघर्षरत रहेको छ । गत हप्ता रिपोर्ट गरिएको कोरोना संक्रमणका नयाँ केसहरु अनुसार थप प्रतिबन्धितको चेतावनी दिएको विज्ञहरुले बताएका छन् ।

एबीसी न्युजले जनाए अनुसार, आइतवार मात्रै ६ सय ५० नयाँ केसहरु देखिएको छ । जबकि शनिबार भने जम्मा ३ सय ९७ केसहरु देखिएका थिए । अष्ट्रेलियामा कुल हालसम्म १७ हजार २ सय ८२ कोभिड-१९ का केसहरु देखिएका छन् । जसमध्ये संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २ सय रहेको छ भने १० हजार २ सय १ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ