२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यभावनात्मक सम्बन्धदेखि आत्मविश्वाससम्मका लागि उपयोगी चुम्बन

भावनात्मक सम्बन्धदेखि आत्मविश्वाससम्मका लागि उपयोगी चुम्बन


पश्चिमी मुलुकमा सामान्य एवम् चुम्बनलाई प्रेम अभिव्यक्ति माध्यमको रुपमा लिइन्छ । पूर्वीय समाजमा पनि यो संस्कृत हाल मौलाउदै गएको देखिन्छ । हुन त चुम्बनले व्यक्तिबीचको सामीप्यतालाई धेरै रुपमा परिभाषित गर्दछ । अधिकांश व्यक्ति प्रायजसोः आफ्ना मीठा, मायालु, अप्ठ्यारो, निराशाजनक, अल्छिपन, उत्कृष्ट एवम् जीवन परिवर्तन सम्बन्धि आफ्ना भावहरु प्रकट गर्न चुम्बनलाई आफ्नो माध्यम बनाउँछन् ।

यस्तै, चुम्बनलाई यौन शुरुवातीको पहिलो चरण पनि मानिन्छ । यस विषयमा बोल्दै ‘किसिङ्गः एभ्रिथिङ्स यु एभर वान्टेड टु नो एबाउट वान अफ लाइफ्स स्वीटेस्ट ल्पेजर’ का लेखक एन्ड्रि डेर्मिजियनले चुम्बनलाई निकटताको रुपमा परिभाषा गरेका छन् । उनले अघि भनेका छन्; ‘यो आफ्नो आत्माको अन्तरिक्ष हो । जहाँ तपाईको मुटुको भित्री एवम् आत्मीय रुपमा माया आदानप्रदान गर्न सक्नुहुन्छ । र, दैनिक गरिएको चुम्बनले तपाईलाई रोगबाट टाढा राख्न समेत फाइदा गर्दछ ।’
वास्तवमै चुम्बन व्यक्तिको स्वास्थ्यको निम्ति समेत फलदायी रहने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेको छ । आखिर के–के छन् त यसका फाइदाहरु? आउनुहोस्

यसबारे केहि जानकारी हासिल गरौंः

रक्तचाप नियन्त्रणमा मद्दत, 

चुम्बन भावनात्मक पक्षको निम्ति मात्र नभई शारीरिक पक्षको निम्ति पनि उत्तिकै उपयोगी माध्यम हो । डेर्मिजियन भन्छन्; ‘जोशका साथ चुम्बन गर्दा तपाईको मुटुको धड्कनले स्वस्थ तरिकाले पुनर्जिवित हुन्छ । जसले तपाईको उच्च रक्तचापलाई नियन्त्रण गर्दछ ।’

ठाउँको दुखाई र बाउँडिने समस्याबाट  टाढा राख्छ,

डेर्मिजियनका अनुसार, तपाई यदि महिनावारी समस्या एवम् टाउको दुखाई समस्याबाट ग्रसित हुनुहुन्छ भने चुम्बन तपाईको निम्ति पनि उपयोगी रहन सक्छ । प्रेमपूर्वक गरिएको एक लामो चुम्बनले रक्तवाहिनीमा फाइदा पु¥याउँदै तपाईको पिडालालई वास्तवमै क मगर्न मद्दत गर्छ । ‘यदि व्यक्तिमा टाउको दुखाईको समस्या रहेको छ भने त्यस्तो समयमा आफ्नो पार्टनरसंग चुम्बन गर्न सकिन्छ; उनले भनिन् ।

किटाणु विरुद्धको लडाइ, 

चुम्बनले तपाईको शरीरमा भएका ¥यालसहितका किटाणुलाई खतम गर्दछ । यसर्थ गार्गलिन गर्नुभन्दा प्राकृतिक रुपमा चुम्बन गर्नु स्वास्थ्यको दृष्टिकोणले फाइदाजनक रहेको छ ।

खुशी रहने हार्माेनको उत्पादन,

यदि तपाईमा तनाव एवम् चिन्ता रहेको छ भने त्यस समयमा आफ्नो मायालु व्यक्तिलाई चुम्बन गर्नुहोस् । यसले तपाईको चिन्ता कम गर्न मद्दत गराउँछ । चुम्बनको माध्यमबाट मस्तिष्कमा आवश्यक सेरोटिन, डोपामिन, अक्सिटोसिनजस्ता केमिकल उत्पादन हुन्छ । जसले तपाईलाई खुशि एवम् राम्रो महशुस गराउन मद्दत गर्दछ । यसबाहेक यी हार्माेन तपाईले शारीरिक व्यायामको दौरानबाट पनि प्राप्त गर्न सक्नुहुनेछ ।

क्यालोरीलाई पार्छ खतम,

एक शानदार चुम्बनले कम्तिमा तपाईको ८ देखि १६ क्यालोरी सम्म नष्ट गर्छ । ‘चुम्बन तथा प्रेमिल सम्बन्ध त्यो व्यायाम हो, जहाँ तपाईहरु दुवै(जोडि) पुर्ण रुपमा संलग्न रहनुहुन्छ; डेमिर्जियनले भनिन् । यसको अर्थ व्यक्तिलाई आफ्नो शरीरको क्यालोरी खतम गर्न १० घण्टाको व्यायाम आवश्यक नरहने उनले बताए ।

 आत्मविश्वासमा वृद्धि,

एक अध्ययनले जर्मनमा कमाईका लागि घरबाहिर निस्कने क्रममा पुरुषलाई आफ्ना श्रीमतीले सदैव चुम्बनबाट बिदा गर्ने गरेको र ती व्यक्तिहरु अन्यको तुलनामा बढि रचनात्मक क्रियाकलापमा संलग्न हुने गरेको तथ्य पत्ता लगाएको छ । यस पछाडिको कारण बताउदै डेर्मिजियनले भने; पुरुष खुशीसाथ आफ्नो घरबाट निस्कन्छन् भने, उनीहरु भावनात्मक रुपमा तनावमुक्त रहने हुदा सिर्जनशिल काममा बढि आबद्ध रहन्छन् । चुम्बनमा वास्तवमै आत्मविश्वास एवम् प्रगाढ सम्बन्ध बढाउने शक्ति हुन्छ ।

चुम्बनले तपाईलाई दिन्छ , तपाईको अनुहारलाई नयाँ आकार,

डेमिर्जियनको अनुसार गहिरो चुम्बनले प्रायको समस्याको विषय रहेकोे घाँटी एवम् च्यापुको स्वरुपलाई नयाँ आकार प्रदान गर्दछ । उनी भन्छन्; ‘मुखभित्र हाम्रो शरीरको मांसपेशीहरु रहेका हुन्छन् । तसर्थ कसिलो चुम्बन गर्नाले त्यसले मुख तथा च्यापुलाई नयाँ आकार दिन सकिन्छ ।’

चुम्बन यौन अनुकुलताको लागि ब्यारोमिटर,

चुम्बन यौन एवम् भावनात्मक रुपमा कोहिप्रति फस्नु अगावै व्यक्तिमा यौन क्षमता कत्तिको छ भनेर जाँच गर्ने गतिलो माध्यम भएको डेमिर्जियन बताउँछन् । कहिलेकाहिँ पहिलो चुम्बनको दौरानमा व्यक्ति अप्ठ्यारो मान्ने, डराउने वा अलि असहज महशुस गर्छन् । त्यसले अत्याधिक लोभ्याउन र सेक्सी अनुभुति पैदा गर्न सक्दैन । तर, दोस्रो पटक गरिएको चुम्बनबाट भने बाँकि जीवनमा यौन आनन्द लिन सकिन्छ वा सकिदैन भन्ने थाहा पाउन सकिन्छ; उनले भने ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ