२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा १ सय ९६ चिकित्सकले कोरोनाबाट गुमाए ज्यान

भारतमा १ सय ९६ चिकित्सकले कोरोनाबाट गुमाए ज्यान


भारतीय मेडिकल एसोसिएशन (आइएमए) ले कोरोनाबाट देशमा करिब २ सय डाक्टरले ज्यान गुमाएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा ध्यान दिन अनुरोध गरेको छ। आइएमएको तथ्यांक अनुसार शनिबारसम्ममा करिब २ सय चिकित्सकले कोरोनाबाट ज्यान गुमाएका छन्। जसमध्ये सामान्य चिकित्सक बढी थिए।

एसोसिएशनले भारतीय प्रधानमन्त्री मोदीलाई पत्रमार्फत चिकित्सक र उनको परिवारको उचित ध्यान पुर्याउन अनुरोध गरेको छ। आइएमएले लेखेको पत्रमा भनिएको छ ‘कोरोनाको खतरामा पर्ने स्वास्थ्यकर्मी र उनको परिवारमा संक्रमित छन् भने उनीहरुको उपचार सुनिश्चित होस्।’ यसको साथै सबै क्षेत्रको चिकित्सकको लागि सरकार प्रायोजित मेडिकल र जीवन बिमा सुविधा उपलब्ध गराउन समेत इएमएले अनुरोध गरेको छ

आइएमएले कोरोनाबाट १ सय ९६ डाक्टरको मृत्यु भएको सुची जारी गरी यी मृत्युहरु भयानक अनुपातमा पुग्दै गरेको चेतावनी दिएको छ । आइएमएले डाक्टरको सुरक्षाको चिन्ता व्यक्त गर्दै भन्यो, ‘पछिल्लो तथ्यांक अनुसार हाम्रो देशले १ सय ९६ डाक्टर गुमाइसक्यो। जसमा १ सय ७० डाक्टर ५० वर्ष भन्दा माथि उमेरका थिए। ती मध्ये पनि ४० प्रतिशत सामान्य चिकित्सक थिए। धेरै ज्वरोसम्बन्धित लक्षण लिएर सामान्य चिकित्सकको परामर्श लिने गर्थे। सोहि चिकित्सक सबैभन्दा पहिला संक्रमितको सम्पर्कमा आउने गर्थे।’

भारतभर फैलिएका ३ लाख ५० हजार डाक्टरको प्रतिनिधत्व गर्ने आइमएले चिकित्सक र उनको परिवारको लागि बेड र कयौं ठाउँमा औषधि समेत नपाएको रिपोर्ट मिलेको जानकारी दिएको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ