२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यअंकमालको फाइदा : त्रास भगाउने, मुटुलाई स्वस्थ राख्ने देखि तनाब कम गर्नेसम्म

अंकमालको फाइदा : त्रास भगाउने, मुटुलाई स्वस्थ राख्ने देखि तनाब कम गर्नेसम्म


जब हामी खुसी, उत्साहित, दुःखी हुन्छौ तब अंकमाल गर्छाै । आफुलाई सहज महशुस गराउनको निम्ति हामी अंकमाल गर्ने गर्छाै । आफ्नो निकटता र आत्मीयता एवम् आफूलाई सहज गराउने अंकमाल एक विश्वव्यापी सहजीकरण पनि हो । यसको माध्यमबाट हामी राम्रो महशुस गर्न सक्छौ । आत्मीयताको महशुस गराउने यो अब यतिमा मात्र सिमित नभई यसको प्रयोगले हामीलाई खुसी  एवम् स्वस्थ बनाउने प्रमाणित समेत भएको छ ।

वैज्ञानिकहरुले बताए अनुसार अंकमालबाट व्यक्तिले न्यानो महशुस गर्नु मात्र नभएर यसभन्दा अन्य बढी फाइदा हामीलाई प्राप्त हुने गर्छ । आउनुहोस्, जानौं के हुन् त ती फाइदाहरु?

तनाव कम  

जब तपाईको साथी वा परिवारका सदस्य पिडामा छन् र उनीहरु नराम्रो महशुस गरिरहेका छन् भने उहाँहरुलाई अंकमाल गनुहोस् ।
वैज्ञानिकले बताए अनुसार व्यक्तिलाई साथ दिनका लागि गरिने अंकमालले उनीहरुलाई सहज बनाउन र खुल्नको निम्ति मद्दत गर्दछ । यसका साथै सहजीकरण बनाउदै पिडा कम गराउनमा अंकमालको भुमिका महत्वपूर्ण  रहन्छ ।

एक विश्वसनीय अध्ययनको स्रोतका अनुसार २० हेट्रोसेक्सुअल(तेस्रो लिंगी) जोडिहरुलाई करेन्ट लगाइएको थियो । करेन्ट लगाउने क्रममा प्रत्येक महिलाले आफ्ना पार्टनरको पाखुरा समाएका थिए । ती प्रत्येक महिलाको मस्तिष्कको भाग तनावसँग कम जडित रहेको अध्ययनले पत्ता लगाएको थिए  । जबकी अन्यमा भने यसको असर बढि देखिएको थियो । तसर्थ, जब हामी कसैलाई सहज गराउनको निम्ति अंकमाल गर्छाै तब उनीहरुको मस्तिष्कले पनि समान रुपमा प्रतिक्रिया जनाउँछ ।

 रोगबाट टाढा राख्छ 

अंकमालले तपाईलाई स्वस्थ राख्न समेत मद्दत गर्ने अध्ययनले जनाएको छ । ४ सय वयस्कहरुमा गरिएको अध्ययन अनुसार अंकमालले व्यक्तिलाई बिरामी हुनबाट बचाउँने सम्भावना उच्च रहन्छ ।  सर्वेक्षणमा सहभागीहरुमा अंकमाल गर्नेहरु कम बिरामी भएको पाइएको थियो । यसका साथै यसले बिरामी भएकाहरुमा समेत लगातार लक्षण देखिरहने समस्याबाट टाढा राख्छ ।

मुटुलाई दिन्छ राहत

अंकमाल तपाईको स्वस्थ मुटुको लागि पनि उत्तिकै महत्वपुर्ण रहेको छ । यस सम्बन्धि सर्वेक्षण गर्ने क्रममा वैज्ञानिकहरुले २ सय वयस्कहरुको समूहलाई २ भागमा विभाजित गरेका थिए । जसमध्ये एक समुह आफ्ना रोमान्टिक पार्टनरको साथ २० सेकेन्ड अंकमालका साथै १० मिनेटसम्म एक अर्काको हात समाएर बसेका थिए । यस्तै अर्काे दोस्रो समूह भने आफ्ना रोमान्टिक पार्टनरका साथ १० मिनेट २० सेकेन्ड सम्मका लागि चुपचापसँगै बसेका थिए ।

तसर्थ, त्यसबाट प्राप्त नतिजा अनुसार पहिलो समूहको उच्च रक्तचापमा नियन्त्रणआई तुलनात्मक रुपमा अर्काे समूहभन्दा मुटुरोग दरमा समेत कमी आएको थियो।  अंकमालले मुटु स्वस्थ राख्न मद्दत गर्ने यस अध्ययनको निस्कर्ष रहेको छ ।

अंकमालले खुसी राख्न मद्दत गर्छ 

हाम्रो शरीरमा पाइने ‘अक्सिटोसिन’ केमिकललाई वैज्ञानिकहरुले हाल ‘कुडल हार्माेन’ को नाम समेत दिएका छन् । हामीले अंकमाल गर्दा, एक–आपसमा छुँदा  एवम् कसैको सामीप्यमा बस्दा यसको मात्राा वृद्धि हुने हुँदा यसलाई सो नाम दिइएको हो । यो व्यक्तिको तनाव र खुशीसँग सम्बन्धित रहेको छ ।  वैज्ञानिकले पत्ता लगाए अनुसार यो हार्माेनको प्रभाव महिलामा बढि रहन्छ । यसले व्यक्तिमा रक्तचाप तथा तनाव गराउने नोरपाइनफ्रिन हार्माेनको समेत कम गराउँछ । यद्यपि यसको वृद्धि महिलामा अंकमाल तथा आफ्ना शिशुको नजिक रहँदा हुन्छ ।

आफूभित्रको डरलाई कम गर्छ

वैज्ञानिकका अनुसार स्पर्शले व्यक्तिमा चिन्ताको कमी गर्दै आत्मबलको वृद्धि गर्दछ । स्पर्शले व्यक्तिमा मृत्युको सोचाईबाट टाढा राख्ने तागत समेत राख्छ । अध्ययनका अनुसार व्यक्तिमा निर्जिव वस्तुको स्पर्शले समेत यस भाव पैदा गर्दछ । जसमा एक टेड्डि बियरले समेत उनीहरु(व्यक्ति)को डरलाई कम गर्दै उनीहरुको अस्तित्व सम्बन्धि रहेको डरालाई टाढा राख्दछ ।

पिडाबाट टढा राख्नमा मद्दत

अध्ययनकर्ताहरु अंकमालमा पिडा कम गराउने शक्ति रहेको बताउँछन् ।  फिब्रोमाइल्जियाका व्यक्तिहरुसंग उपचारका ६ वटा स्पर्श उपचार पद्धति रहेको एक अध्ययनमा उल्लेख गरिएको छ । प्रत्येक उपचारमा हल्कासंग छालामा स्पर्श गर्ने प्रकृया समावेश गरिएको थियो । सहभागीले यसबाट आफ्नो जीवनको गुणस्तर वृद्धिसंगै पिडाको कमी भएको रिपोर्ट गरेका थिए ।  यस्तै अंकमाल पिडा कम गर्ने एक भिन्न प्रकारको स्पर्श हो ।

व्यक्तिबीच सञ्चारमा सहज

अधिकांश व्यक्ति भाव वा अनुहारको प्रतिक्रियाको माध्यमबाट एक आपसमा सञ्चार गर्छन् । तर, स्पर्श एक त्यस्तो माध्यम हो जसले एकबाट अर्काे व्यक्तिसम्म म्यासेज वा सन्देश पु¥याउँन मद्दत गर्दछ ।  वैज्ञानिकका अनुसार व्यक्तिको शरीरको विभिन्न भागमा छोएर गरेको संवादले व्यक्तिलाई आफ्नो भावनात्मक सन्देश अर्काे व्यक्तिसम्म पु¥याउँन सहज हुन्छ । जसमा व्यक्तिको रिस, डर, प्रेम, कृतज्ञता, खुशी, पिडा तथा समवेदनाजस्ता भावहरु समेटिएका हुन्छन् ।
अंकमाल पनि एक सहज स्पर्शको सञ्चारको माध्यम हो ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ