२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्य१५ दिनमा ६ सय शैय्याको अस्पताल बनाउने तयारीमा ‘बायोमेट्रिक्स’

१५ दिनमा ६ सय शैय्याको अस्पताल बनाउने तयारीमा ‘बायोमेट्रिक्स’


काठमाडौं—बायोमेट्रिक्स प्रा.लि.ले १ सय आईसीयुसहितको ६ सय शैय्याको अस्थायी कोभिड अस्पताल बनाउने प्रस्ताव सरकार समक्ष लगेको छ । कम्पनीले १५ दिनभित्रै काठमाडौंमा उक्त कोभिड अस्पताल बनाउन सकिने गरी सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अस्पताल निर्माणको प्रस्ताव पठाएको हो ।

विश्वमा महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरस संक्रमितको संख्या नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । विशेषगरी, काठमाडौंमा संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राख्दै अस्पताल आवश्यक रहेकोले निर्माणको प्रस्ताव अघि सारिएको बायोमेट्रिक्सका निर्देशक भीमकान्त भण्डारी बताउँछन् ।

अधिकांश अस्पतालहरुले कोभिड–१९ का बिरामी भर्ना गर्नका नमानेका खबरहरु आइरहँदा छुट्टै कोभिड अस्पतालको अवश्यकता रहेको उनले बताए ।

काठमाडौं उपत्यकाभित्र ६ सय बेडको अस्थायी अस्पताल निर्माणका लागि लाग्ने जग्गा उपलब्ध गराए आफूहरुले १५ दिनभित्र अस्पताल निर्माण गरिसक्ने गरी प्रस्ताव पेश गरेको उनले बताए । भण्डारीले कुनैपनि व्यक्ति उपचार नपाएर ज्यान गुमाउनबाट वञ्चित नहोस् भन्ने सोचका साथ अस्पताल निर्माणको अवधारणा अघि सारिएको कम्पनीले जनाएको छ ।

निजी अस्पतालसँगको सहकार्यमा उनीहरुले राख्नुपर्ने २० प्रतिशत बिरामीको उपचार पनि आफूहरुले गर्नसक्ने निर्देशक भण्डारीले बताए । कोभिडविरुद्ध लड्नका लागि सरकारी र निजी क्षेत्रको पहल आवश्यक भएको भन्दै त्यसका लागि आफूहरुको प्रस्तावमाथि मन्त्रालय सकारात्मक हुने विश्वास कम्पनीले लिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ