२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यअग्रपंक्तिका डाक्टरलाई छिटो कोरोनाको उपचार गर्न मद्दत पुर्‍याउदैं एफडीएको नयाँ एप

अग्रपंक्तिका डाक्टरलाई छिटो कोरोनाको उपचार गर्न मद्दत पुर्‍याउदैं एफडीएको नयाँ एप


कोरोना भाइरस विरुद्धको लडाइमा डाक्टर रागभ तिरुपतिसँग सोच्नको लागि निकै कम समय हुने गर्छ र कोभिड-१९का विरामीहरुको उपचार गर्ने क्रममा कुनै पाठ्यपुस्तक पनि हुँदैन ।

यसकारण पेन्सल्भेनियाको चेम्बरबर्गका संक्रामक रोग विशेषज्ञ, आफूलाई क्योर आइडीको मार्गदर्शनमा ढालिरहेको पाउँदछन् । क्योर आइडी एक अमेरिकी खाद्ध्य र औषधी प्रशासनद्वारा विकसित एक एप हो जुन चिकित्सक, अस्पताल, शैक्षिक विषय र अन्तर्राष्ट्रिय सीमाना पारीसम्म एकआपसमा परामर्श लिनको लागि सक्षम रहेको छ ।

उनले सो एप धेरै स्थापित उपचारहरू प्रयोग गरे – जस्तै:- एन्टीवायरल ड्रग रेमेडेभिर, कोर्टिकोस्टेरोइड डेक्सामेथासोन र कन्भलेसेन्ट प्लाज्मा। बिरामीको उपचारका लागि दिइएको शर्तलाई र नियमित रूपमा अपडेट गरिएको उपचार दिशानिर्देशहरूसहित, कुन कुन औषधी कुन क्रममा प्रयोग गर्ने भन्ने बारे अन्य डाक्टरहरुसँग नोट्सको तुलना गर्न क्योर आईडी एपको प्रयोग उनको लागि महत्वपूर्ण छ ।

‘घटनाहरु चाँडै हुन्छन् र हामी त्यसको चरणहरूको बारेमा सोच्न सक्दैनौं।’ ग्रामीण समुदायको अस्पतालमा उपचार गरिरहेका तिरुपतिले भने, ‘ उनीहरूले मलाई आश्वासन दिए कि म यो काम मात्र गरिरहेको छैन। हामी हाम्रो संस्थामा के गरिरहेका छौं भन्ने कुरा प्रमाणित गर्न पनि क्योरको प्रयोग गर्दछौं।’

उनी हजारौं डाक्टर मध्ये एक हुन् जो एक एपको माध्यमबाट जानकारी आदानप्रदान गर्ने गर्छन । अमेरिकी सरकारको एजेन्सीले निकै मुस्किलले उपचार गराइरहेका सयौं विरामीहरुको लागि नयाँ उपचार माध्यम बन्ने आशा राखेको छ।

एपको विकास

यस एप्लिकेशन मात्र एक समयको लागि हो। यो कुनै महामारीको लागि डिज़ाइन गरिएको थिएन । एफडीए र नेशनल सेन्टर फर एडभान्स ट्रान्सलेशन साइन्सेज द्वारा डिसेम्बर २०१९ मा नेशनल इन्सिचियुट अफ हेल्थमा लन्च गरिएको थियो। यस एपले डाक्टरलाई ३ सय २५ भिन्न-भिन्न रोगहरुको लागि केहि मिनेटमै आफ्नो विरामीको केसको बारे रिपोर्ट लेख्न र बुझाउन सक्षम बनायो।

एपलको एप स्टोर वा गुगल प्लेबाट यसलाई डाउनलोड गरेपछि, प्रयोगकर्ता लाइसेन्स प्राप्त चिकित्सक हो वा हैन भन्ने बारे पुष्टि गर्दछन। त्यसपछि मात्रै उनीहरु विरामीको केस हेर्न पाउनेछन्। यसको साथै आफै रिपोर्ट बनाउन सक्ने र एपको सामुदायिक फोरम मार्फत चिकित्सा समुदायसँग आबद्ध हुन् सक्नेछन्।

एफडीएका एक स्वास्थ्य विज्ञान नीति विश्लेषक हेदर स्टोनका अनुसार क्योर आइडी सुरुमा नयाँ प्रयोगका लागि पुरानो औषधिहरूको पुनर्निर्माणमा सहयोग गर्नको लागि विकसित गरिएको थियो ।

ड्रग रिर्पोसिंग बजारमा ब्राण्ड-नयाँ ड्रग्स ल्याउने एक सर्टकर्ट प्रक्रियाको हो, जुन ल्याउन कम्तिमा पनि १० वर्ष लाग्ने र जसको खर्च अनुमानित २.६ अरब अमेरिकी डलर लाग्न सक्ने अमेरिकाको फार्मास्यूटिकल रिसर्च एन्ड म्यान्च्युटरका एक ट्रेड ग्रुपले जनाएको छ।

१० वर्ष लाग्ने समय र लागत घटाउनको लागि क्योर आइडी डिजाइन गरिएको थियो । जुन एप विशेषगरी विरलै रोगहरूमा ध्यान केन्द्रित गर्नका लागि जो डाक्टरहरू हैरान हुन्छन् र जहिले पनि प्रमुख औषधी कम्पनीहरूबाट ध्यान पाएका हुँदैनन् ।

कोरोनाको महामारीको चेपेटामा परेपछि एफडीए र एनआईएचले सो एपबाट एक नयाँ खण्ड सिर्जना गर्‍यो जसबाट चिकित्सकले आफ्नो कोभिड -१९ को निष्कर्ष  र डेटा राख्न मद्दत पुग्यो।

‘यस समय कोभिडको लागि नयाँ उपचार खोज्नको लागि निकै महत्वपूर्ण छ।, ‘स्टोनले भने, ;जसरी हामी भन्ने गर्छौ कि उपचार अघि एक औषधी हामी आफैमा बसेको हुन्छ।’

विश्वभर गरेर पछिल्लो ८ महिनामा ८ लाख ६४ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ । एक मेडिकल जर्नलमा प्रकाशनका लागि एक केस स्टडी लेख्दा हजारौं विरामीको बारेमा छुट्न सक्छ किनभने सम्भावित रुपमा जीवनदायी जानकारीले डाक्टरलाई बाटो देखाउँन मद्दत गर्छ जसले यो एप प्रयोग गर्छन।

उक्त एपले साइलोलाई तोड्न सक्ने र अन्य विषयमा अनुसन्धानकर्ता द्वारा खोजिएको नयाँ अन्तर्दृष्टिलाई गायब पार्ने स्वास्थ्य दाताहरुको समस्यालाई पनि समाधान गर्न सक्ने एफडीए र एनआईएचको भनाइ छ।

डाक्टरबीचको पर्खाल तोड्ने एप

क्योर आइडी अहिलेसम्मको सबैभन्दा बढी कोभिड-१९ को नैदानिक परीक्षणमा एक रिपोजेटरी सिन्थेसाइजिङ्ग डाटा हो। ‘सो एप कमालको छ किनभने यसको उपयोग गर्न निकै सजिलो छ। यो सूचनाको लागि उत्सुक रहनेको लागि निकै सशक्त छ।, ‘यूनिवर्सिटी अफ पेनसिल्वेनिया पेरेलम्यान स्कूल अफ मेडिसिनका एक सहायक प्रोफेसर डा. डेविड फजेनबाउमले भने, जो कोभिड-१९ रजिस्ट्री अफ न्यु एजेन्ट नामक डाटाबेस अभियान चलाउछ्न।

महिनौंदेखि उनी र उनीसँग कम गर्ने अनुसन्धानकर्ताहरू कोभिड-१९को उपचार डाटामा प्रकाशित हजारौं पेपर अध्ययन गर्दै आएका थिए। उनीहरूको डेटाबेसमा क्योर आइडीको कोभिड-१९को सेक्सनको पनि समावेश गरिएको छ। जसले संख्या कम गरिरहेको छ ताकि विश्वभरका डाक्टरहरूले उदाउँदो सर्वोत्तम अभ्यासहरू गर्न सकुन। जस्तै अग्रपंक्तिमा रहेका चिकित्सक जो खाडीमा रहेर यो एपको मद्दतले कोरोनासँग लड्न सक्छन्।

ग्रामीण भेगका डाक्टरको लागि उपयोगी

यो एप बढी भन्दा बढी मानिसमा डेटा शेयर गर्न निकै महत्वपूर्ण तरिका मानिन्छ। विशेष रूपमा ठुलो सहरबाट निकै टाढा रहेको ग्रामिण भेग जहाँ डाक्टरसँग असामान्य विरामीलाई जाच्न सक्ने श्रोत बनेको छ।

डा. तिरुपतिले भने, ‘ग्रामीण अस्पतालमा यो एपले ठुलो योगदान दिइरहेको छ। क्योर आईडी एकपटकमा सयौं औषधीलाई हेर्न मिल्छ ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ