२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहिनावारी रोकिने समयमा हुने पिडालाई कम गर्ने यी ११ उपाय

महिनावारी रोकिने समयमा हुने पिडालाई कम गर्ने यी ११ उपाय


महिनावारी महिलामा देखिने एक साझा एवम् सामान्य मासिकचक्र हो । यसका कारण नै महिलाहरु प्रजजनका लागि सक्षम भएका छन् । किशोरावस्थाबाट शुरु भई सामान्यतयाः २८ वा महिनादिनमा दोहोरिने यस प्रकृया महिलाको बढ्दो उमेरमा झण्डै ५० वा सोभन्दा माथि पुगेपछि रोकिने हुन्छ ।

महिलाको जीवनचक्रमा देखिने यस प्रकृयालाई सामान्य नै मानिन्छ । यद्दपी महिलाको निम्ति भने यो समय पिडादायिक हुनुका साथै असहज पनि हुने गर्छ । महिनावारी रोकिने समयमा महिलामा संकेतको रुपमा विभिन्न शारीरिक एवम् मानसिक समस्या देखा पर्न सक्छन् ।

यस समयमा कसैमा कमजोर हुने, थकाई तथा रिंगटा लाग्ने समस्या देखापर्छ  भने कसैमा ज्वरो आउने तथा अन्य समस्या समेत देखिने हुन्छ । तसर्थ, यस समयमा देखिने लक्षण तथा समस्यालाई निम्न उपायद्धारा कम गर्न सकिन्छः

१. क्याल्सियम तथा भिटामिन डियुक्त खानाको प्रयोग(दुधजन्य पदार्थ, माछा, अण्डा, तोफु आदि),

२. उचित तौल कायम राख्ने,

३. अत्याधिक तरकारी तथा फलफूलको सेवन,

४. अल्कोहोल, क्याफिन र अस्वस्थकर खानाबाट टाढै रहने,

५. नियमित शारीरिक व्यायाम गर्ने,

६. फाइटोइस्टेजनयुक्त खानाको प्रशस्त सेवन(तोफु, गेडागुडि तथा तिल आदि),

७. प्रशस्त पानीको सेवन,

. जंकफुड तथा चिनियुक्त खानाबाट टाढै रहने,

९. खाना नछोड्ने,

१०. उचित प्रोटिनयुक्त खानाको सेवन,

११. र, प्राकृतिक पूरकको रुपमा मसाज गर्ने,

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ