टेस्टोस्टेरिन हार्माेन पुरुषका निमित्त एक आवश्यकीय हार्माेन मानिन्छ । यसले पुरुषमा पुरुषको जस्तो स्वर, दाहिृ, जुंगा एवम् मांसपेशी वृद्धि विकासको निमित्त महत्वपुर्ण भुमिका निर्वाह गर्छ ।
यसको साथै हार्मोनले पुरुषमा यौनइच्छा पैदा गर्ने काम पनि गर्ने गर्छ। जसकारण टेस्टोस्टेरिन हार्माेनलाई पुरुष हार्माेन पनि भनिन्छ ।
हामीले देख्ने गर्छाै कतिपय पुरुषमा दाहिृ, जुंगा आउँदैन भने कतिपय महिलामा भने पुरुषको जस्तै शरीरमा अनेकौ रौंहरु देखा पर्छन । यो हार्माेनको गडबढीका कारण व्यक्तिमा देखिने आम समस्या हो । यसबाहेक पुरुषमा यौनइच्छाको निमित्त अत्यावश्यक तत्व समेत रहेको यस हार्माेनको कमीले गर्दा व्यक्तिमा यौनइच्छा घट्नुका साथै उत्तेजना समेत नहुने समस्या पनि देखा पर्दछ । जसले व्यक्तिसँगसँगै उसको पार्टनरमा पनि समान असर पु¥याउँछ ।
शारीरिक बनावटदेखि यौनजीवनमा समेत महत्वपूर्ण भुमिका खेल्ने टेस्टोस्टेरिन हार्माेनको कमीले व्यक्तिमा के–कस्ता लक्षणहरु देखिन्छन् त?
लक्षण :-
- यौनइच्छामा कमी आउनु,
- उत्तेजना नहुनु,
- एकै ठाउँमा ध्यान केन्द्रित नहुनु र स्मरण शक्तिमा हृास आउनु,
- डिप्रेशन,
- महिलाको जस्तो स्वर हुनु तथा दाहिृ जुंगाा नआउनु,
हार्माेन सन्तुलन राख्ने वा बढाउन अपनाउनु पर्ने ९ विधिहरु निम्न रहेका छन्ः
- तौल उचित कायम राख्ने,
- स्किपिङ, दौडनेजस्ता उच्च वा तीव्र व्यायाम गर्ने,
- चिकित्सकको सल्लाहमा जिंक चक्कीको उपयोग गर्ने,
- बल लगाउनुपर्ने कामहरु गर्ने,
- उचित रुपमा भिटामिन डिको मात्रालाई कायम राख्ने,
- तनावरहित रहने,
- चिनी उपभोगको मात्रालाई कम गर्ने,
- स्वस्थ फ्याटयुक्त आहारको सेवन
- अमिनो एसिडको सेवनको मात्रा बढाउने ।
-एजेन्सी