२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यसुप्रबल जनसेवाश्री तेस्रो पाएकी वरिष्ठ नेफ्रोलोजिष्ट डा. हाडालाई ब्लूक्रस अस्पतालद्वारा सम्मान

सुप्रबल जनसेवाश्री तेस्रो पाएकी वरिष्ठ नेफ्रोलोजिष्ट डा. हाडालाई ब्लूक्रस अस्पतालद्वारा सम्मान


काठमाडौं—विगत ३ दशकदेखि चिकित्सा पेशामा सक्रिय वरिष्ठ नेफ्रोलोजिष्ट डा. रजनी हाडालाई सरकारले सुप्रबल जनसेवाश्री तेस्रोबाट विभूषित गरेपछि ब्लूक्रस अस्पतालले सम्मान गरेको छ । बानेश्वर स्थायी घर भएकी डा. हाडाले चिकित्सा पेशामार्फत मुलुकको स्वास्थ्य सेवामा पु¥याएको योगदानको कदर गर्दै गत सरकारले संविधान दिवसको अवसरमा सुप्रबल जनसेवाश्री तेस्रो प्रदान गरेको थियो ।

‘सरकारबाट भएको यस निर्णयले हालको कोभिड–११ को अवस्थामा स्वास्थ्यकर्मीहरुले आफ्नो उद्देश्य प्राप्तिको लागि जसरी चुनौती पूर्ण ढंगको सामना गर्नु परेको छ, त्यस्तो अवस्थालाई सहज रुपमा पार गर्न अझै हौसला प्रदान गर्नेछ,’ अस्पतालले भनेको छ, ‘सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मनोबल अझै उच्चस्तरमा समेत रहनेछ ।’ ब्लू क्रसले सरकारबाट सहि मूल्यांकन गरी डा. हाडालाई बिभूषित गरिएकोमा सरकारलाई स–धन्यवाद ब्यक्त गर्दै डा. रजनी हाडालाई बधाई दिएको छ ।

‘कर्म गरौं, फलको आशा नगरौं’ भन्ने मान्यता राख्ने डा. हाडाले ३ दशकअघि प्रसुति गृहबाट आफ्नो चिकित्सकीय पेशा सुरुवात गरेकी थिइन् । त्यसपछि उनले वीर अस्पतालमा काम गर्न थालिन् । विगत २ दशकदेखि मुलुककै पूरानो तथा ठूलो सरकारी अस्पताल वीर अस्पतालमा आवद्ध भएर स्वास्थ्य सेवा प्रदान गर्दै आएकी छन् ।

त्रिपुरेश्वरस्थित ५० शैय्याको ब्लूक्रस जनरल हस्पिटलमा समेत पार्ट टाइम काम गर्दै आएकी डा. हाडा त्यहाँ डाइलाइसिस विभागको प्रमुख नेफ्रोलोजिष्ट हुन् । ब्लू क्रस अस्पतालले उनको विशेषज्ञताले हजारौं किड्नीका बिरामीहरुले समयमा सहि उपचार प्राप्त गरी आफ्नो रोगबाट निदान समेत प्राप्त गरी सामान्य जीवन बिताइरहेको जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ