२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना महामारीमा जटिल बन्दै यौन

कोरोना महामारीमा जटिल बन्दै यौन


कोरोना महामारीको शुरुवात हुदै गर्दा बिरामी भइएला कि ! अब आयस्रोत कसरी गर्ने? भएको पैसा पनि सकियो, र बालबच्चाको पढाई के होला जस्ता विविध सोचाइले उनी तनावमा छिन् । जसकारण पनि यसबीच उनलाई यौनको योजना बनाउन मुश्किल परेको थियो ।

यो भोगाइ टेक्सासस्थित रहेको मध्ये चालीसको उमेर र दुई बच्चाको आमा समेत रहेका एक महिला अभिभावकको थियो । नाम उल्लेख नगर्ने शर्तमा उनले महामारीको भयकै कारण आफुले शारीरिक व्यायाम समेत गर्न रोकेको सम्झिदै भनिन्, ‘यहि डरका कारणले मैले २ हप्तासम्म केहि काम पनि गरिन ।’

हाल उनी आफ्ना श्रीमानसँगै घर नजिकैको एक प्राविधिक अफिसमा काम गर्छिन् । आफ्ना श्रीमानमा नन–कोभिडका अन्य समस्या भएकाले भने उनले आफूलाई लकडाउनले अन्य स्वास्थ्य समस्या नदेखिन निकै मद्दत पुगेको उनले बताइन् ।

कोरोना भाइरस सक्रमणको महामारीसँगै यसले व्यक्तिको विभिन्न पक्षहरुमा ठुलो असर पु¥याएको छ । र, यसबाट योनजीवन पनि अछुतो रहन सकेको छैन । कोभिड-१९ महामारीको बीचमा इन्डियाना युनिभर्सिटिक किन्से इन्स्टिट्युटले गरेको एक सर्वेक्षणमा अधिकांश व्यक्तिहरुले आफ्ना यौनजीवन तथा प्रजननको पाटोमा संघर्ष चलिरहेको टिप्पणी दिएका छन् ।

के देखाउँछ त, सर्वेक्षणले?

किन्स्ले इन्स्टिट्युट तथा ‘टेल मी हवाट यु वान्ट’ पुस्तकका सोधकर्ता जस्टिन लेमिलर यससम्बन्धमा मिश्रित नतिजा प्राप्त भएको बताउँछन् । ‘केहिले अन्य समयमा भन्दा कोभिडमा उचित समय दिन पाएकोले यौनजीवन राम्रो भएको प्रतिक्रिया दिएका छन् । तर, अधिकांशले भने यस समय यौनजीवनमा च्यालेन्ज थपिएको महशुस भएको जनाएका छन्, ‘उनले भने ।

मिड–मार्चबाट शुरु गरिएको अध्ययनमा २ हजार जनामध्ये १८ देखि ८५ वर्षसम्मका व्यक्तिलाई समावेश गरिएको थियो । जसमध्ये, ७५ प्रतिशत अमेरिकन र अन्य २५ प्रतिशत भने अन्य देशमा रहेका थिए । त्यसमध्ये ५३ प्रतिशत सामान्य लिंगी रहेका थिए भने २० प्रतिशत भने तेस्रोलिंगी रहेका थिए । उक्त सहभागीमध्ये ४४ प्रतिशतको यौनजीवनको गुणस्तरतामा कमी आएको र ३० प्रतिशतको रोमान्टिक जीवन भंग भएको र यो क्रम महिनौंदेखि निरन्तर चल्दै आएको नतिजा प्राप्त भएको थियो ।

यसैगरी १४ प्रतिशत जोडिको यौनजीवनमा सुधार आएको र २३ प्रतिशतले तुलनात्मक रुपा अन्य समयमाभन्दा यस समयमा यौन जीवनमा ठिक स्थानमा रहेको बताए । अधिकांश व्यक्तिहरु आफ्नो खाली समयमा यौन गतिविधिमा संलग्न हुन्छन् । ‘तर, यसपालिको गर्मीया मभने पछिल्लो पटकको गर्मीयामको अपवादको रपमा देखिएको छ, ‘लेमिलरले भने  ।

धेरै तनाव बराबर कम सेक्स

लेमीलरका अनुसार तनावको स्रोत जुनसुकै पक्ष भएता पनि यसले यौन इच्छामा स्वतः कमी आउँछ । र, उच्च तनावले सह–सम्बन्धमा असर पु¥याउँछ । यस्तै धेरै व्यस्त हुने बानीले पनि सह–सम्बन्धकमा नकरातमक असर पु¥याउने उनको राय रहेको छ ।

यौनका विषयमा कुरा गर्नु कठिन रहने

यौनविज्ञ डायना विली तनावका समयमा व्यक्ति यौनका विषयमा सोच्न नरुचाउने बताउँछिन् । र, यस समयमा आफ्ना पार्टनरले पनि यौनका विषयमा कुरा गर्नुउचित रहदैन । उनका अनुसार, यस महामारीबाट बच्दै आफ्नो पुर्व यौनजीवनमा फर्कने केहि उपायहरु रहेका छन् । जसअन्र्तगत व्यक्तिले नियमित शारीरिक व्यायाम र यौनक्रिडामा सम्पुर्ण ध्यान त्यसैमा मात्रै केन्द्रित गर्नुपर्ने बताइन् ।

‘आफ्ना साथीभाई, परिवार तथा अन्य कामकाजीलाई भुलेर यौनक्रिडामा पुर्ण रुपमा समाहित हुनाले व्यक्तिले यौनजीवनमा सुख हासिल गर्न सक्छन्; उनले बताइन् । त्यसैले पनि यौन सुखका लागि सबै कुरा ठिक हुनैपर्छ, भन्ने छैन । हामीले यौनसुख प्राप्त गर्न यसैमा पुर्ण रुपमा समाहित हुनुल्याउन पर्ने उनको धारणा रहेको छ ।

स्रोतः सीएनएन ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ