२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकामा नाकबाट स्वाब परीक्षण गराउँदा एक महिलाको दिमागको झिल्ली फुटेपछि…

अमेरिकामा नाकबाट स्वाब परीक्षण गराउँदा एक महिलाको दिमागको झिल्ली फुटेपछि…


अमेरिकामा कोभिड-१९ परीक्षणको लागि एक महिलाको नाकबाट स्याम्पल लिँदा ज्यान नै खतरा परेको छ। खासमा, ४० वर्षीया ती महिलाको कोरोना परीक्षण गर्दा दिमागको झिल्ली पन्चर भै नाकबाट ‘दिमागको फ्लूइड’ बाहिर निस्किएको हो।

सो भयानक घटनाबारे डाक्टरहरुले बिहिबार एक मेडिकल जर्नलमार्फत स्पष्टिकरण दिएका छन्। उनीहरुका अनुसार यदि घटना घट्ने बित्तिकै उपचार नगरिएको भए महिलाको दिमागमा ‘ब्याक्टेरियल इन्फेक्सन’ पनि हुन् सक्थ्यो।

‘४० वर्षीया सो महिलामा कयौं समस्या थियो जसबारे उनलाई नै थाहाँ थिएन। परीक्षणमा पनि गल्ति भई सो घटना हुन पुग्यो। यस घटनाबाट परीक्षण गर्दा निकै सावधानी अपनाउनु पर्ने बुझिएको छ।, ‘जामा ओटोलर्यनोलोजी – टाउँको र घाँटीका सिनियर लेखक ज्यारेट वाल्शले भने, ‘उनले साइनस ठुलो हुँदा अनुहारको सर्जरी गर्नु पर्ने हुन्छ।’ सो महिलाले ‘वरल टेस्ट’ गर्नलाई माग गर्नु पर्ने उनले बताए।

उनले भने, ‘ती महिला ‘इलेक्टिभ हर्निया सर्जरी गराउनु अघि नजर टेस्टको लागि गएकी थिइन। पछि मात्रै नाकबाट ‘क्लियर फ्लूइड’ बाहिर आएको थाहाँभयो। त्यसपछि टाउँको दुखाइ, उल्टी, घाँटीमा समस्या देखिएपछि मात्रै मकहाँ जाँच गराउन पाठाइएको थियो।’

उक्त महिलाले भने स्वाब परीक्षण सहि ढंगबाट नगरिएको बताइन। ती महिला वर्षौ देखि ‘इन्टरक्रेनियल हाइपरटेन्सन’को उपचार गराउंदै आएको कारण दिमागको सुरक्षा गर्ने फ्लूइडको चाप निकै धेरै रहेको डाक्टरहरुको भनाई छ।

डाक्टरले शट लगाएर थोरै झिल्ली निकालेपछि समस्या थोरै कम भएको छ। तर त्यसैकारण उनलाई ‘encephalocele ‘ अर्थात ‘फेस डिफेक्ट’ भएको छ। जसमा दिमागको लाइनिङ नाकमा पुग्ने गर्छ र फट्ने आशंका पैदा हुन्छ। पहिलो स्क्यानमा भने उक्त कुरा पत्ता लाग्न नसकेको डाक्टरहरुले उल्लेख गरेका छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ