२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यट्रम्पलाई मुसा र कोरोना संक्रमणमुक्त भएका बिरामीको एन्टीबडीबाट बनाइएको औषधि दिइयो

ट्रम्पलाई मुसा र कोरोना संक्रमणमुक्त भएका बिरामीको एन्टीबडीबाट बनाइएको औषधि दिइयो

६ हप्तासम्म भाइरसबाट सुरक्षित राख्ने यो औषधि कोरोना संक्रमित अन्यका लागि उपलब्ध छैन्


मेरिल्याण्ड—कोरोना पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाको मेरिल्याण्डको एक हस्पिटलमा भर्ना गरिएको छ । उनलाई हल्का ज्वरो, खोकी र श्वास फेर्नेमा थोरै समस्या देखिएको बताइएको छ ।

चिकित्सकहरुले ट्रम्पको उपचार यस्तो एन्टीबडी ड्रगबाट गरिरहेका छन् । जो अहिले अरु कुनै पनि कोरोना संक्रमित बिरामीका लागि उपलब्ध छैन । यो एन्डीबडी ककटेल ड्रग्स हो । यसको नाम रेजेन—कोभ२ हो । ट्रम्पलाई यो औषधिको ८ ग्रामको एक डोज दिइएको छ ।

रेजेन—कोभ २ औषधि अमेरिकन कम्पनी रीजेनेरनले तयार पारेको हो । जसको ट्रायल लण्डनमा चलिरहेको छ । कम्पनीले दावी गरेअनुसार यसको ट्रायलमा राम्रो रिजल्ट देखिएको छ । यो औषधि बनाउन मुसा र कोरोनाबाट रिकभर भएका बिरामीबाट एन्टीबडीको प्रयोग गरिएको छ । कम्पनीको दावी छ कि दुवै एन्टीबडी मिलाएर कोरोनाको न्युट्रिलाइज गर्नमा सहयोग गर्छ ।

यो दावी कति प्रभावकारी छ भन्ने थाहा पाउन यसको ट्रायल रिपोर्टलाई पर्खनुपर्नेछ । जुन अहिलेसम्म आइसकेको छैन् ।

ट्रम्पलाई एन्टीबडी औषधिसँगै ६ अन्य औषधि पनि दिइएको छ । जसमा रेम्डेसिभिर, भिटामिन—डी, मेलाटोनिन र जिन्क रहेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ