२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यनियमित सम्भोगले व्यक्तिलाई प्रदान गर्ने यी ७ फाइदा

नियमित सम्भोगले व्यक्तिलाई प्रदान गर्ने यी ७ फाइदा


के तपाई नियमित रुपमा यौन सम्बन्ध कायम गर्न रुचाउनुहुन्छ? यदि हुन्छ भने यो तपाईको निम्ति खुसीको खबर हुनसक्छ कि नियमित सम्भोग तपाईको स्वास्थ्यको लागि अति मुल्यवान छ ।

ढुक्क हुनुहोस् ! केहि अध्ययनहरुले यसको पुष्टि समेत गरिसकेको छ । दाम्पत्य जीवनमा आधाभन्दा धेरै खुशी यौन सन्तुष्टिबाट नै मिल्ने विभिन्न अध्ययनहरुले बताउदै आएको छ ।

यसैबीच आपसी समझदारीमा हुने नियमित सम्भोगले यौनजोडिलाई नै फाइदा हुने अर्काे तथ्य पनि बाहिरिएको छ । यस अर्थमा भन्ने हो भने, व्यक्तिलाई स्वस्थसंगै खुशी बनाउनमा पनि यौनजीवनको महत्वपूर्ण भुमिका रहेको छ ।

यसबाहेक भावनात्मक सम्बध र प्रजननभन्दा बाहिर पनि अन्य स्वास्थ्यगत दृष्टिकोणले पनि यौन उत्तिकै फाइदामुलक रहेको छ । यसले व्यक्तिलाई वैवाहिक सम्बन्धमा लामो समयसम्मको खुशी राख्दै मानसिक स्वास्थ्य रहन मद्दत त गर्छ नै यससंगै सम्भोगले व्यक्तिमा प्रतिरोधात्मक क्षमताको वृद्धि समेत गराउँछ । आज हामी यहाँ नियमित सम्भोगले व्यक्तिलाई पुग्ने र पु¥याउने फाइदाबारे चर्चा परिचर्चा गर्दैछौ । आखिर के हुन् त ती?

नियमित सम्भोगले व्यक्तिलाई गर्ने फाइदाहरुः

  •  मुटुरोगीका लागि उपयोगी ।
  • तनावबाट छुटकारापाउनका लागि उत्तिकै उपयोगी ।
  • उचित निन्द्रा प्रदान ।
  • उच्च उक्तचाप भएका व्यक्तिका निम्ति फाइदाजनक।
  • हार्माेनको सन्तुलनका कारण यसले व्यक्तिको स्वस्थ र फुर्तिलो देखाउन समेत मद्दत समेत गर्दछ।
  • यो एक किसिको व्यायाम पनि हो जसले महिलाको पिसाब चुहिने समस्या नियन्त्रणमा योगदान समेत पु¥याउँछ ।
  • मुटुसँगै शरीरका अन्य मांसपेशीलाई पनि सक्रिय गराउनु ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ