२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यव्यक्तिले लगाउने भित्री वस्त्रले पनि निर्धारण गर्छ व्यक्तिको मुड : अध्ययन

व्यक्तिले लगाउने भित्री वस्त्रले पनि निर्धारण गर्छ व्यक्तिको मुड : अध्ययन


के तपाईलाई थाहाँ छ ? प्रत्येक व्यक्तिले सहजताका लागि प्रयोग गर्ने भित्रीवस्त्र यानिकी पेन्टि र मानवीय मुडबीचको एक रोचक तथ्य सार्वजनिक भएको छ । अधिकांश व्यक्तिलाई थाहाँ नहुन सक्छ, भित्रीवस्त्र भएकाले आफूले प्रयोग गरेता पनि अरुले हतपत नदेखिने पेन्टिले तपाई कस्तो किसिमको महशुस गर्दै हुनुहुन्छ भन्ने पक्षमा महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ ।

युएसका एक सपस्मार्टले राष्ट्रिव्यापी रुपमा गरेको एक सर्वेक्षणले सो तथ्य पत्ता लगाएको हो । जहाँ २५ प्रतिशत महिलाले आफ्नो परिचय सहित खुला रुपमा पेन्टिले आफ्नो मुडलाई प्रभाव पार्ने तथ्य सार्वजनिक गरेको थियो । सर्वेक्षणको क्रममा उनीहरुले अनाकर्षण र फिटिङ नहुने पेन्टि आफ्नो रोजाईमा नपर्ने बताएका थिए ।

यस्तै, सो अध्ययनमा झण्डै आधा अर्थात्,४७ प्रतिशत महिलाले पेन्टि लगाउदा आफूलाई कामुक या अधिक आत्मविश्वासको महशुस गर्ने निस्कर्ष समेत बताएका थिए ।

तसर्थ, उल्लेखित अनुसधानबाट अर्काे के निस्कर्ष पनि निस्किन्छ भने, अरु दोस्रो व्यक्तिले थाहाँ पाउँदैन वा देख्दैनन् भनेर आफूले प्रयोग गर्ने भित्रीवस्त्रलाई हामीले बेवास्ता गर्नु हुँदैन । अन्यथा यसले व्यक्ति स्वयमको मानसिकतामा नकरात्मक ऊर्जा पैदा गर्दछ । त्यसैले, भित्रीवस्त्रको प्रयोग योनाङ्ग छोपेर सहजता महशुसका लागि मात्र नभई आत्मविश्वास बढाउने उद्देश्यले सहि एवम् सफा रुपमा प्रयोग गर्नुपर्छ ।

-एजेन्सी

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ