२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी ७ लक्षण देखा परेको छ ? सावधान ! हुनसक्छ पाठेघरको क्यान्सर

यी ७ लक्षण देखा परेको छ ? सावधान ! हुनसक्छ पाठेघरको क्यान्सर


पाठेघरको मुखको क्यान्सर एक त्यस्तो प्रकारको क्यान्सर हो, जुन गर्भाशयको कोषमा हुने गर्छ । अर्थात्, गर्भाशयदेखि तल्लो योनीलाई जोड्ने भागमा हुने क्यान्सर नै पाठेघरको मुखको क्यान्सर हो । यसलाई विश्वमा नै एक विकराल समस्याको रुपमा लिइन्छ । यस्तै, संसारमै सबैभन्दा बढि देखिने क्यान्सरमध्ये यो आठौं स्थानमा रहेको छ ।

अर्काे शब्दमा यसलाई महिला क्यान्सर पनि भनिन्छ । विश्वको तथ्यांक हेर्ने हो भने वार्षिकरुपमा ५ लाखभन्दा बढि महिला यस रोगबाट शिकार भएको देखिन्छ ।

यस संक्रमणको मुख्य कारण ‘ह्युमन प्यापीलोमा भाइरस’  हो । यद्यपि मल्टिपल पार्टनर र सानो उमेरमै धेरै प्रजनन गराउने प्रकृयालाई पनि पाठेघर क्यान्सरको मुख्य जिम्मेवार पक्ष मानिन्छ । प्रायजसोः ३५ देखि ४० वर्ष कटेका महिलामा धेरै देखिने यस क्यान्सरलाई बढावा दिने अन्य कारक तत्वहरु निम्न रहेका छन्ः

जोखिम बढाउने कारक तत्वहरु

  • धुम्रपान
  • कमजोर रोग प्रतिरोध क्षमता
  • ५ वा सोभन्दा बढि सन्तान जन्माउनु वा सानै उमेरमा प्रजनन हुनु(१७ वर्षभन्दा कम उमेरमा)गर्भावस्थामा अनावश्यक हार्माेन सम्बन्धिको औषधि सेवन गरेमा ।
  • अन्य रोगहरु जस्तै शरीरमा देखिने यसका केहि लक्षणहरुले पनि पाठेघरको क्यान्सरलाई संकेत दिइरहेको हुन्छ । जसलाई हामीले बेवास्ता गर्ने गल्ती गर्नु हुदैन ।

यसका मुख्य लक्षणहरु निम्न रहेका छन्ः

  • अनावश्यक रक्तश्रावः
    – सम्भोगको क्रममा, महिनावरीको क्रममा र, महिनावारी भइ सकेपछि पनि अनावश्यक रुपमा रक्तश्राव हुनु ।
  • योनीश्राव हुनुः
    – नाभीमुनि एवम् ढाडको तल्लो पछिल्लो भागमा लगातार दुखाई हुदै योनिश्राव हुनु ।
  • कोखा दुख्नु
  • कब्जियत
  • लगातार पिसाब लाग्नु
  • पिसाबमा रगत देखिनु
  • एक वा दुवै खुट्टा सुन्नु ।

रोकथामका उपायहरुः

यस्ता समस्या आफूमा नदेखियोस् भन्नका लागि महिलाले सबैभन्दा पहिले यसको जोखिम बढाउने कारक तत्वबाट टाढै रहने प्रयास गर्नुपर्छ । जसका लागि महिलाले एचपिभी विरुद्धको खोप लगाउने, धुम्रपानबाट टाढै रहने, शारीरिक एवम् मानसिक रुपमा तयार भएपछि मात्रै प्रजजन गर्ने, एकजना संग मात्रै यौन सम्बन्ध कायम गर्ने र कन्डमको प्रयोग गर्ने गर्नुपर्छ ।

यस्तै, आफूमा यसको जोखिम भए वा नभएको थाहा पाउनका लागि प्रत्येक महिलाले १-१ वर्षको अन्तरालमा अनिवार्य रुपमा आफ्नो पाठेघरको जाँच गराउनु पर्छ भने, यसबाहेक कुनै पनि महिलाले माथि उल्लेखित लक्षणहरु आफूमा देखिएमा त्यसलाई बेवास्ता नगरी उपचारका लागि तुरुन्त सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ