२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यढिलो गर्भधारण कतै गल्ती त हैन ?

ढिलो गर्भधारण कतै गल्ती त हैन ?


के आमा बन्ने सहि उमेर हुन्छ त? सुन्दा सरलजस्तो लाग्ने तर गम्भीर एवम् गहन विषयवस्तु मौलिक हक सम्बन्धिका निति–नियम बनेपछि यसले बालविवाह, सानै उमेरमा हुने प्रजनन, महिला हिंसा तथा धेरै प्रजनन गर्नेजस्ता समस्यामा आशिंक रुपमा बद्लाव त ल्याएकै छ । जसकारण महिलाहरुमा स्वइच्छा अनुरुप विवाह गर्ने र त्यसैगरी प्रजनन गर्ने बानीको विकास हुँदैछ । एक दृष्टिकोणले हेर्ने हो भने यसलाई यस क्षेत्रमा देखिएको एक उपलब्धिको रुपमा पनि लिन सकिन्छ ।

तर, अलि फराकिलो दृष्टिकोणबाट यसको परीक्षण गर्ने हो भने हाल अधिकांश महिलाहरुमा ३० वर्ष कटेपछि मात्रै गर्भधारण गर्ने बानीको विस्तार हुदैछ । जसले महिला स्वयम् आफैलाई पनि अप्रत्यक्ष रुपमा हानी पु¥याई रहेको छ । उसोभए के गर्भधारण गर्ने सहि उमेर हुन्छ त?

पक्कै पनि । हुन त गर्भधारणको निम्ति उपयुक्त समय भनेको कुनै पनि महिला शारीरिक एवम् मानसिक रुपमा तयार भएको समय हो । यद्यपि हाल अधिकांश महिलामा विकास भएको ३ दशकपछि मात्रै गर्भधारण गर्ने प्रकृया भने गलत रहेको विज्ञहरुले बताउँदै आएका छन् । उनीहरुका अनुसार विभिन्न बाहानामा गर्भधारणलाई टाल्ने प्रकृयाले भविष्यमा उनीहरुमा स्वंयम्मा नै अनेकौं मुश्किल पैदा गर्छ । किनकी, बढ्दो उमेरका कारण महिलाको प्रजनन क्षमतामा कमी आउनुका साथै यसले महिला आफैमा पनि विभिन्न जोखिमहरु उत्पन्न गराउँछ ।

कोलम्बिया एसिया अस्पताल, गाजियाबादको स्त्री रोग डा. बिनिता दिवाकरका अनुसार आमा बन्नको निम्ति सबैभन्दा उपयुक्त समय भनेको २०–२९ वर्ष हो । उनी भन्छिन्, ‘यो उमेरमा शरीरमा प्रजनन गर्ने क्षमता अन्य समयको तुलनामा उच्च हुनुका साथै महिलामा उच्च क्वालिटिको अण्डमा पनि रहन्छ । र, गर्भावस्थामा देखिने जोखिम पनि कमै मात्रामा देखिन्छ ।’

३० वर्ष कटेपछि महिलाको प्रजनन क्षमतामा स्वतः गिरावट आउन थाल्छ भने यस उमेरमा गरिने अधिकांशको प्रसुति प्रकृया सामान्य नभई शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । यस्तै, यसले आमामा मात्र नभई शिशुमा पनि उत्तिकै समस्या देखिन सक्ने बताउदै डा. दिवाकार भन्छिन्; ‘आमाको उमेर ३० दशक कटेपछि जन्मिएको शिशुमा पनि विभिन्न किसिमको स्वास्थ्य समस्याहरु देखिने सम्भावना प्रबल रहन्छ । यसकारण पनि महिलादम्पतिले २०–३० वर्षभित्र नै प्रजनन गर्ने योजना बनाउनुपर्छ ।’

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ