२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भ्याक्सिनको दौड : आफुले बनाएको भ्याक्सिन ९४. ५ प्रतिशत प्रभावकारी भएको मोडर्नाको दावी

कोरोना भ्याक्सिनको दौड : आफुले बनाएको भ्याक्सिन ९४. ५ प्रतिशत प्रभावकारी भएको मोडर्नाको दावी


अमेरिकी कम्पनी मोडर्नाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ९४. ५ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ। उक्त दावीपछि कोभिडविरुद्ध लडिरहेको विश्वका कयौं देशमा आशाको किरण देखिएको छ। यसअघि क्यामब्रिजमा गएको हफ्ता  फाइजर र बोइनटेकले पनि आफ्नो कोरोना खोप ९० प्रतिशत कोरोना रोक्न सक्षम रहेको उल्लेख गरेको थियो।

मोडर्नाको अनुसार क्यान्डीडेट ‘एमआरएनए -१२७३’ चरणको तेश्रो अध्धयनको लागि स्वतन्त्र राष्ट्रीय स्वास्थ्य संगठनद्वारा नियुक्त डेटा सेफ्टी नोनेटरिङ बोर्ड (DSMB) ले सो खोप९४. ४ प्रतिशत प्रभावकारी पाएको हो। मोडर्नाका चीफ एग्जीक्यूटिब अफिसर ‘Stphane Bancel’ले भने, ‘हाम्रो तेश्रो अध्धयनबाट आउने सकारात्मक अन्तरिम नतिजाले पहिलो क्लिनिकल पुष्टि गरेको छ। जसअनुसार हाम्रो खोपले कोरोना रोक्न मद्दत गर्न सक्दछ।’

यस अन्तरिम सुरक्षा र क्षमताको डेटाको आधारमा मोडर्ना अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन (FDA)को साथमा आउँदो सातामा इमर्जेन्सी यूज अथोराइजेसन (EUA) को लागि पेस गर्न सक्नेछ। मोडर्नाको वैश्विक रेगुलेटरी एजेन्सीको अनुमतिको लागि पनि ऐप्लीकेसन पेस गर्ने योजना बनाएको छ।

बान्सेलले भने, ‘कोभ-स्टडीमा खोपको सुरक्षा र क्षमतामा तथ्यांक जम्मा गरी राख्नेछौं।’

यता, रूसको स्पुतनिक-वी भ्याक्सिनको अन्तरिम ट्रायलको नतीजाको अनुसार कोभिड-१९बाट मानिसलाई सुरक्षा गर्न ९२ प्रतिशत प्रभावकारू छ। रूस पश्चिमी देशको साथमा भ्याक्सिनलाई लिएर प्रतिसपर्धा गरिरहेको छ।

-सिएनएनबाट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ