२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यपोर्नोग्राफीको असर मतिष्कदेखि भावनात्मक सम्बन्धसम्म : अध्ययन

पोर्नोग्राफीको असर मतिष्कदेखि भावनात्मक सम्बन्धसम्म : अध्ययन


के तपाई पत्याउनुहुन्छ, मनोरञ्जन एवम् रोमाञ्चकताका लागि हेरिने पोर्नोग्राफी(अश्लिल सामाग्री)ले दिमागलाई क्षति पु¥याउँछ? यस सम्बन्धि गरिएको अध्ययनले सो कुराको पुष्टि गरेको छ ।

अमेरिकन साइकोलोजिकल एसोशियनद्धारा ‘हाइपर सेक्सुअलाइज्ड’ सम्बन्धि गरिएको अध्ययन एवम् पोर्नोग्राफीको सन्दर्भमा किशोरावस्थामा हुने गर्भ रोकथामका निम्ति राष्ट्रिय रुपमा सञ्चालन गरिएको एक कार्यक्रमले यस तथ्यको पुष्टि गरेको हो ।

अध्ययनका अनुसार लगातार पोर्नोग्राफीमै आफ्ना अधिक समय बिताउने व्यक्तिको मस्तिष्क अन्यको तुलनामा कम सक्रिय रहि यिनीहरु कुनै पनि काममा आफ्नो ध्यान शान्त रुपमा केन्द्रित गर्न सक्दैनन् । यति मात्र नभई यस्ता व्यक्तिको मस्तिष्कको क्षेत्रफल तुलनात्मक रुपमा अन्यको भन्दा सानो रहने समेत अध्ययनको निस्कर्ष रहेको छ ।

यस्ता छन् पोर्नोग्राफीको असर

१. यौन उत्तेजनामा कमी

पोर्नोग्राफीले व्यक्तिको मस्तिष्कमा डोपामिन केमिकलको उत्पादन आवश्यकभन्दा बढि मात्रामा गरिदिन्छ । फलस्वरुपः व्यक्ति यसले उनीहरुमा यौन सम्बन्ध स्थापितको क्रममा पनि उत्तेजना नआउने र सन्तुष्ट प्राप्त गर्न नसक्नेजस्ता समस्या पैदा गराउँछ ।

२. लतको रुपमा स्थापित

मनोरञ्जन र रोमाञ्चकताका लागि सामान्य मानिने पोर्नोग्राफी व्यक्तिमा विस्तारै लतको रुपमा विकसित समेत हुने गर्दछ । जब व्यक्तिको मस्तिष्कलाई केहि कुरा नौलो र अनौठो लाग्छ, तब यसले मस्तिष्कमा एक किसिमको रसायन पैदा गर्छ । यसकारण एकपटक अश्लिल सामाग्री हेरेका व्यक्तिमा थप अन्य सामाग्री हेर्ने कौतूहलता जाग्छ । र, उनीहरु अन्य सामाग्रीको खोजी तलासमा लाग्छन् ।

३. भावनात्मक सम्बन्धमा असर

वास्तविक जीवनमा व्यक्तिलाई आफ्नो यौन वासना परिपूर्तिका लागि अर्काे दोस्रो व्यक्तिको आवश्यकता पर्दछ । अनुसन्धानले जनाए अनुसार, पोर्नोग्राफीको लत लागेका व्यक्ति आफ्नो पार्टनरलाई भन्दा पनि बढि पोर्नोग्राफी हेर्ने व्यक्तिलाई नै बढि रुचाउँछन्।

यस्ता दुई व्यक्तिबीच उनीहरुको आफ्नो काल्पनिक दृश्य र प्रस्तुती मिल्न जान्छ । जसले गर्दा उनीहरुको भावनात्मक सम्बन्ध स्थापित व्यक्तिसँगको सम्बन्ध खासै राम्रो रहदैन ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ