२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययसरी गर्नुहोस बालबालिकाको गोप्य अङ्गको सरसफाई

यसरी गर्नुहोस बालबालिकाको गोप्य अङ्गको सरसफाई


यदि तपाई पहिलोपटक अभिभावक बन्दै हुनुहुन्छ भने आफ्नो शिशु तथा बालबालिकाको उचित हेरचाह सम्बन्धि तपाइलाई पर्याप्त जानकारी नहुन सक्छ । अझ, भनौ उनीहरुको गोप्य अङ्ग कसरी सफा गर्ने? भन्ने विषयमा अधिकांश अभिभावक अझै पनि अन्योलमा परेको देखिन्छ ।

यस्तै, कतिपय केशमा पहिले नै अभिभावक भइसकेका दम्पतिमा पनि बालबालिकाको गोप्यअंगको सरसफाई र तरिकाबारे उचित ज्ञानको अभावमा यसले शिशु तथा बालबालिकामा विभिन्न समस्याहरु पैदा हुने गरेको पाइएको छ ।

सरसफाई एउटा यस्तो पक्ष हो, जसको अभावमा शरीरमा विभिन्न समस्याहरु उत्पन्न हुनुका साथै यसैका कारण शिशुमा विभिन्न संक्रमणहरुको समेत भय रहन्छ । अझ, भर्खरै जन्मेका शिशु तथा बालबालिकाको छाला एवम् शरीर निकै नै संवेदनशिल हुने भएकोले हामीले उनीहरुको सरसफाइमा विशेष ध्यान दिन जरुरी छ । शरीरको बाहिरी भागको सरसफाई सजिलै गर्न सकिएता पनि शिशुको गोप्य अङ्गको सरसफाई आफैमा जटिल एवम् महत्वपूर्ण पक्ष हो । तसर्थ आफ्ना बालबालिकाको गोप्यअंग सफा गर्दा अभिभावक निकै नै सजग रहनुपर्छ ।

सफाईको समयमा के गर्नुहुन्छ र के गर्नु हुँदैन ?

बालकको गोप्य अङ्ग सफा गर्दा ध्यान दिनुपर्ने पक्षहरु

  • लिङ्गसँगै दुई तिघ्राबीचको काँपमा समय समयमा मनतातो पानी र नरम कपडा वा रसायनमुक्त वाइपको सहायताले पुछेर सफा गरिदिने,
  • नुहाउँदा सम्पूर्ण शरीरसँगै गोप्य अङ्गलाई पनि सफा पानीले धोइदिने,
  • भित्र लगाउने कपडा कसिलो एवम् कडा प्रकृतिको हुनुहुदैन अन्यथा यसले योनाङ्ग पोल्ने र पासने समस्या निम्त्याउँछ,
  • लिंगको टुप्पो(फोरस्किन) को छाला विस्तारै हल्का फोल्ड गरेर साबुनपानीले राम्ररी सफा गरिदिने । यद्यपि यसरी सफा गर्दाे फोरस्किनलाई बेस्सरी फोल्ड गर्ने प्रयत्न भने गर्नुहुँदैन,
  • बच्चाले पिसाब गरेको समयमा पिसाब निस्कने प्वाल बन्द भए वा नभएको ख्याल गर्ने,
  •  र, यदि शिशुको फोरस्किनको भाग रातो अथवा सुन्निएको र शिशुले पिसाब गर्दा रुने, चिच्याउने वा असहज महशुस गर्छ भने तुरुन्त चिकित्सकको सल्लाह लिने ।

बालिकाको गोप्य अङ्ग सफा गर्दा ध्यान दिनुपर्ने पक्षहरु

  • योनीसँगै दुई तिघ्राबीचको काँपमा समय समयमा मनतातो पानी र नरम कपडा वा रसायनमुक्त वाइपको सहायताले पुछेर सफा गरिदिने,
  • महिलाको योनीकोभित्री भाग प्राकृतिक रुपमै सफा हुने भएकाले यसमा साबुनको प्रयोग गर्नु हुँदैन । अन्यथा यसले पोल्ने वा चिलाउने समस्या निम्तिन सक्छ,
  • योनीको बीचमा रहेको उठेको भाग (लेयिबा)लाई भने विस्तारै सफा मनतातो पानीले पुछिदिने,
  • भित्र लगाउने कपडा कसिलो एवम् कडा प्रकृतिको हुनुहुदैन अन्यथा यसले योनी सुख्खा बनाउने, पोल्ने र पासिने समस्या निम्त्याउँछ,
  • बच्चाले पिसाब गरेको समयमा पिसाब निस्कने प्वाल बन्द भए नभएको वा पिसाब राम्ररी निस्किएको छ कि छैन ख्याल गर्ने,
  • र, यदि शिशुको योनीको बाहिरी भाग रातो अथवा सुन्निएको र शिशुले पिसाब गर्दा रुने, चिच्याउने वा असहज महशुस गर्छ भने तुरुन्त चिकित्सकको सल्लाह लिने ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ