२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना महामारीमा महिनावारी स्वच्छता अत्यावश्क

कोरोना महामारीमा महिनावारी स्वच्छता अत्यावश्क


विश्व हाल कोभिड-१९ संक्रमणबाट आक्रान्त छ । यसबाट बच्नका लागि सरसफाई तथा सामाजिक दूरी नै सबभन्दा उत्तम उपाय भएको विभिन्न स्वास्थ्य संगठनहरुले बताउदै आएका छन् । व्यक्तिगत सरसफाईका लागि पटक–पटक साबुनपानीले हात धुने, सन्तुलित आहार सेवन गर्ने तथा व्यायाम गर्ने सल्लाह दिँदै   आएको छ ।

यसबाट शरीरमा रोगसंग लड्न क्षमताको वृद्धि हुने विज्ञहरुको भनाइ  रहेको छ । यद्यपि महिनावारीकोद ौरान महिलाहरुले आफ्नो स्वास्थ्यप्रति अझ धेरै ध्यान दिन जरुरी रहेको छ । कोभिड-१९ मा मासिक धर्म स्वच्छता अझ बढि महत्वपूर्ण रहन्छ ।
महिनावारीको समयमा महिलामा रोगविरुद्ध लड्ने क्षमताको कमी हुन्छ । यसक्रममा उनीहरुमा संक्रमणको सम्भावना उच्च रहन्छ । त्यसैले पनि कोभिड१९ को यस महामारीमा महिनावारी–स्वच्छताका साथै स्वास्थ्य तथा पोषणप्रति ध्यान दिनुपर्छ । यसका लागि महिलाले निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्छः

१. हरेक ४–५ घन्टाका आफ्नो प्याड परिवर्तन गरी हरेक पटक प्याड परिवर्तन गर्दा आफ्नो गोप्य अंगलाई पनि राम्ररी धुने ।

२. तपाईलाई सहज महशुस गराई राम्ररी सोस्ने गुणस्तरीय प्याडको मात्रै प्रयोग गर्नै बानी बसालौं । यसले तपाईको छालामा अनावश्यक भिलाउने समस्यालाई बन्द गर्छ ।

३. प्रयोग गरिएको प्याड ट्वाइलेटमा राखेर फ्लस नगरी कागजले बेरेर फोहोर फाल्ने भाँडो(डस्टबिन)मा राख्ने ।

.कतिपय महिलाहरु धेरै रक्तश्राव हुने हुदा एकैचोटि दुईवटा प्याडको प्रयोग गर्छन् । यो विल्कुल गलत हो । यसले तपाईको संक्रमणको जोखिम बढाउन मद्दत गर्छ । तसर्थ रक्तश्राव धेरै हुने महिलाले एकैपटक दुईवटाको प्रयोग गर्नुको सट्टा छिटो–छिटो प्याड परिवर्तन गर्ने बानी बसाल्नुपर्छ ।

५. कोभिड१९ मा मासिक धर्म स्वच्छतालाई कायम राख्नाका लागि सफा भित्रीवस्त्र(पेन्टि) को प्रयोग गर्नुपर्छ । र, पसिना धेरै आउने व्यक्तिले प्याड परिवर्तनको समयमा पेन्टि पनि परिवर्तन गर्नुपर्छ ।

६. महिनावारीको समयमा हाइजिन मेन्टेन गर्नका लागि दिनमा एक पटक नुहाउनु पन आवश्यक रहन्छ । महिनावारीमा शारीरिक समस्या देखिने व्यक्तिले तातो पानीले नुहाउनुपर्छ ।

७. आफ्नो ओछ्यानको कपडा(बेड सेट÷तन्ना) पनि परिवर्तन गर्ने ।

८. प्याडबाहेक टेम्पोन्स वा मेन्स्ट्रुअल कप्सको प्रयोग गर्ने महिलाले प्रत्येक २ घन्टामा यसको परिवर्तन वा सफा गर्ने ।

९. प्याड परिवर्तन गर्नुअघि राम्ररी हातको सफा गर्ने ।

१०. र, केहि स्थानमा कोभिड१९–लकडाउनको कारण प्याडको अभाव भएको अवस्था पनि छ । तसर्थ त्यस्ता ठाउँका महिलाले प्याडको विकल्पको रुपमा कटनको कपडाको पनि प्रयोग गर्न सकिन्छ । यद्यपि यसलाई प्रयोग गर्नुपूर्व राम्ररी डिटोल पानीले धुनुपर्छ । यसका साथै एकपटक प्रयोग गरिएको कपडा पुनः प्रयोग गर्नुभन्दा फाल्नुपर्छ । अन्यथा यसले संक्रमण बढाउने भय रहन्छ ।

-एजेन्सी ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ